दुर्गा प्रसाईलाई सरकारी वकिलको कार्यालय लगियो



काठमाडौँ, चैत २९ गते ।

तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको थियो ।

त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईलाई केहीबेरमा जिल्ला अदालत काठमाडौँ लगिनेछ ।

यहीं चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाई फरार थिए ।

Scroll to Top