वीरगञ्ज तनावग्रस्त, नियन्त्रणमा ल्याउने प्रयास जारी



पर्सा, चैत ३० गते ।

हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको छ । 

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो । 

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बिचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ ।

प्रहरीले स्थीति नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको छ ।

बिस्तृत विवरण आउन बाँकी छ ।
 

Scroll to Top