काठमाडौँ, वैशाख १ गते ।
ओमानले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालसामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट माथिल्लो मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको हो ।
ओमानका लागि जीत व्रजेश शाहले ७८ बलमा ६ चौकको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे भने सिद्धार्थ सौम्य शंकरले १६, प्रतिश रमेशले १० रन बनाए ।
नेपालका लागि युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिएका थिए । यसैगरी सन्तोष यादवले दुई तथा अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलले समान एक एक विकेट लिए ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेको थियो ।
यता ओमान पहिलो जितको लक्ष्यमा छ । ओमानले पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटको हार बेहोरेको थियो ।