सर्लाही : अस्पताल सञ्चालकवाट विरामीमाथि निर्घात कुटपिट



द पब्लिक टुडे
गौशाला, वैशाख ३ गते ।

सर्लाहीको बरहथवा बजारमा रहेको एक हस्पिटलका संचालकले नै बिरामी र उसको आफन्तलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ । बरहथवा नगरपालिका–६ हजरिया रोडमा संचालनमा रहेको सर्लाही गोल्डेन हस्पिटलका संचालक दिपेश यादवले बिलको विषयमा विवाद हुँदा बिरामी र उसको आफन्तलाई कुटपिट गरेका हुन् ।

बरहथवा–६ कै रामप्रवेश साह गुप्ताको शिशाले हात काटिएपछि मंगलवार साँझ सर्लाही गोल्डेन हस्पिटलमा उपचार गराउन गएका थिए ।

बिरामीको दाई महेन्द्र साह रौनियारले उपचारपछि बिल माग्दा १८ हजार भन्नेपछि विवाद सुरु भएको थियो । हस्पिटलले बिल नदिएर काँपीको टिपोट देखाएपछि रौनियारले मोबाईलले फोटो खिच्न खोज्दा हस्पिटल संचालकले कुटपिटमा उत्रेको थियो ।

बिलको विषयमा विवाद भएपछि हस्पिटल संचालक यादवले फोन गरी बाहिरबाट समेत व्यक्तिहरुलाई बोलाई आफुहरुमाथि रड र हेल्मेटले प्रहार गरिएको रौनियारले बताए । हस्पिटल संचालक यादव र उसले बोलाएको व्यक्तिहरुले आफु आफ्नो भाइ, आमा, बहिनी र भान्जीलाई कुटपिट गरेको रौनियारले जानकारी दिए ।

हस्पिटल संचालक दिपेश यादव यसअघि पनि क्यौ बिरामीसँग अधिक पैसा लिएको र कुटपिट गरेको उजुरी प्रशासन र बरहथवा नगरपालिका स्वास्थ्य शाखामा परको छ ।

आक्रोसित बनेका स्थानीयले मंगलवार साँझ सर्लाही गोल्डेन हस्पिटललाई घेराउ समेत गरेको थियो । त्यसपछि संचालक दिपेश यादवलाई ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले समातेर लगेको स्थानीयहरुले जनाएको छ । संचालक यादवलाई प्रहरीले पक्राउ गरेपछि गए राति नै छोडेपछि पिडीत झन पिडामा परेको छ ।

ईलाका प्रहरी कार्यलयका डिएसपी गौतम थापाले घटना समानय भएको तथा बढी कुटपिट नभएको बताएका छन । उनले हस्पिटल संचालक यादव विरामी भएको हुदा उनलाई छडनु परेको डिएसपी थापाले बताए ।

Scroll to Top