कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई



काठमाडौँ, वैशाख ७ गते ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकिएको छ ।

सभापति देउवाले आफू देशबाहिर प्रस्थान गरेकाले पार्टीको विधान बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Scroll to Top