रविन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं, वैशाख २१ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

थपिएको म्याद सकिएसँगै आज पुनस् उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो।

अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

Scroll to Top