जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र



नयाँ दिल्ली, बैशाख २४ गते ।

जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । 

वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर पुगेको छ ।

जुन अमेरिका, चीन र जर्मनीपछि चौथो स्थानमा छ । अमेरिका पहिलो नम्बरमा छ, जसको जीडीपी ३०.५०७ ट्रिलियन डलर छ। दोस्रो स्थानमा चीन छ, जसको जीडीपी १९.२३१ ट्रिलियन डलर छ । तेस्रो स्थानमा जर्मनी छ, जसको जीडीपी ४.७४४ ट्रिलियन डलर छ । भारत चौथो नम्बरमा छ । पाँचौं नम्बरमा जापान छ, जुन भारतभन्दा अलि पछाडी छ । जापानको जीडीपी ४.१८६ ट्रिलियन डलर छ ।

गत वर्ष भारतले फ्रान्सलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो । चालु आर्थिक वर्षमा भारत चौथो ठूलो अर्थतन्त्र बन्ने अपेक्षा गरिएको थियो । उसका अनुसार आगामी तीन वर्षमा भारतले जर्मनीलाई उछिनेर विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ । 

आईएमएफका अनुसार सन् २०२८ सम्ममा भारतको जीडीपी ५.५८४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । यस अवधिमा जर्मनीको जीडीपी ५.२५१ ट्रिलियन डलर मात्र रहनेछ । 

खासमा भारत सन २०२७ मा नै ५ ट्रिलियन डलरको अर्थव्यवस्था बन्ने छ। उल्लेखनीय छ कि भारतको अर्थतन्त्र विगत १० वर्षमा दोब्बर भएको छ। अर्थतन्त्रको यो गति विश्वकै उच्च हो । 

आईएमएफको रिपोर्ट अनुसार भारतको जीडीपी विगत १० वर्षमा १०५ प्रतिशतले बढेको हो । हाल भारतको जीडीपी ४.३ ट्रिलियन डलर छ । जहाँ २०१५ मा २.१ ट्रिलियन डलर थियो । तपाईलाई भनौं कि ऋणको मामिलामा भारतको स्थिति अमेरिका र चीन भन्दा राम्रो छ । भारतको ७१२ अर्ब डलर ऋण छ, जबकी अमेरिकाको ३६.२२ ट्रिलियन डलर र चीनको २.५२ ट्रिलियन डलर ऋण रहेको छ ।

Scroll to Top