देउवा र जनार्दनका बिचमा भेटबार्ता



काठमाडौं, जेठ २ गते ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।

शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो ।

सो भेट देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको भए पनि थप बिवरण अरु खुलाईएको छैन । 

Scroll to Top