काठमाडौँ, असार ५ गते ।
बलिवुड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सन अफ सरदार २’ को पोस्टर रिलिज भएको छ । पोस्टरमा अजय देवगन पगडी लगाएको सरदारको लुकमा देखिएका छन् । उनी दुई ट्याङ्करमा उभिएका छन् ।
पोष्टर सार्बजनिकसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म २०१२ मा रिलिज भएको फिल्म ‘सन अफ सरदार’ को सिक्वेल हो ।
‘सन अफ सरदार २’ को नयाँ पोस्टरमा अजय देवगन पहेँलो पगडी लगाएर एक्सनमा उभिएको देख्न सकिन्छ । उनले पाइन्ट, टी–शर्ट, सदरी लगाएका छन् । उनले माथि कालो ज्याकेट लगाएका छन् । अजय देवगन दुई ट्याङ्करमा उभिएका छन् । पोस्टरमा ‘सन अफ सरदार २’ लेखिएको छ । यसको ट्याग लाइन ुद रिटर्न अफ सरदारु हो ।
‘सन अफ सरदार २’ मा अजय देवगन बाहेक मृणाल ठाकुर र संजय दत्त महत्वपूर्ण भूमिकामा हुनेछन् । फिल्ममा अजय देवगन फेरि एक पटक जस्सीको भूमिकामा देखिनेछन् । फिल्मलाई विजय कुमार अरोराले निर्देशन गरेका छन् । फिल्मलाई अजय देवगनले निर्माण गर्दैछन् ।
नयाँ पोस्टर अनुसार ुसन अफ सरदार २ु जुलाई २५ मा रिलिज हुनेछ । ‘सन अफ सरदार’ फिल्म २०१२ मा रिलिज भएको थियो । अजय देवगन बाहेक यस फिल्ममा सोनाक्षी सिन्हा र संजय दत्त पनि थिए । फिल्ममा अजय देवगन सोनाक्षीसँग प्रेममा परेको देखाइएको थियो तर सोनाक्षीका भाइ संजय दत्त यो सम्बन्धको विरुद्धमा थिए । फिल्म यसैको वरिपरि घुम्छ । फिल्मको बजेट ३० करोड रुपैयाँ थियो । फिल्मले बक्स अफिसमा १६१.४८ करोड कमाएको थियो । एभरेष्ट न्यूज एजेन्सी