काठमाडौँ, असार ९ गते ।
काठमाडौँ महानगरपालिको वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक् पहलमा काठमाडौँमा सवारी साधन प्रदूषण जाँच गर्ने अभियान जारी रहेको छ ।
काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका अनुसार सोमबार काठमाडौँको कुलेश्वरमा गरिएको सवारी साधन प्रदूषण जाँचमा ४० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा १९ वटा सवारी साधन फेल भएका छन् ।
त्यस्तै २१ वटा सवारी साधन ठिक अवस्थामा रहेको प्रहरी बलले जानकारी दिएको छ । फेल भएका सवारी साधनलाई कारवाही गरिएको महानगरीय प्रहरी बलले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी