जोफ्रा आर्चर भारतविरुद्धको दोस्रो टेस्टमा खेल्न सक्ने



काठमाडौँ, असार १० गते ।

इङल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चर जुलाई २ बाट सुरु हुने भारत विरुद्धको दोस्रो टेस्टमा खेल्न सक्ने भएका छन् ।

आर्चर आइतबारबाट काउन्टी च्याम्पियनसिपमा ससेक्स टोलीबाट खेलेका छन् । रिपोर्टका अनुसार, आर्चरको काउन्टी क्रिकेटको प्रदर्शन र फिटनेस सहि भएमा उनलाई दोस्रो टेस्टमा खेलाउन सकिने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । दोस्रो टेस्ट जुलाई २ बाट एजबास्टनमा खेलिनेछ।

३० बर्षिय आर्चर चार वर्षदेखि टेस्ट टोलीबाट बाहिर छन् ।

भारत र इङल्याण्डबीचको तेन्दुलकर–एन्डरसन ट्रफीको पहिलो टेस्ट हेडिंगलीमा जारी रहेको छ ।

आर्चरले फेब्रुअरी २०२१ पछि कुनै पनि टेस्ट खेलेका छैनन् र उनको अन्तिम रातो बल खेल मे २०२१ मा ससेक्सको लागि थियो । चोटका कारण उनको पुनरागमन बारम्बार ढिलाइ भएको थियो । यद्यपि, उनी यस वर्ष पाकिस्तानमा आयोजित आईसीसी च्याम्पियन्स ट्रफीमा इङ्गल्याण्डको लागि सेतो बल क्रिकेटमा फर्किएका थिए ।

इङल्याण्डका बलर मार्क वुड, ओली स्टोन र गस एटकिन्सनसहित घाइते छन् । वुड भारत(इङल्याण्ड टेस्ट सिरिजको पाँचौं खेलमा फर्कने आशामा छन्, जबकि आर्चर दोस्रो टेस्टमा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन सक्ने बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी

Scroll to Top