काठमाडौँ, असार १० गते ।
पिएसजी जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेको छ ।
पिएसजीले समुह बी को अन्तिम खेलमा गएराती अमेरिकी क्लब सिएटल साउन्डर्स एफसीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । पिएसजीको जितमा ख्विचा क्वारत्स्खेलिया र अशरफ हाकिमीले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह बी मा पिएसजीको ३ कलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थनमा रहदै नकआउट चरणमा पुगेको छ ।
यस समुहबाट ब्राजिलियन क्लब बोटाफोगो पनि ३ खेलमा ६ अंकसहित नकआउट चरणमा पुगेको छ ।
त्यस्तै यस समुहमा ३ खेलमा ६ अंक भएपनि गोल अन्तरका आधारमा पछि पर्दै एटलेटिको म्याड्रिड समुहमा तेस्रो भएर समुह चरणबाट बाहिरिएको छ ।
त्यस्तै सिएटल साउन्डर्स एफसीले भने तिनै खेलमा हार बेहोरेको थियो । एभरेष्ट न्यूज एजेन्सी