काठमाडौँ, असार ११ गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडी धकेलिएको दाबी गरेका छन् ।
अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई कति क्षति पुर्याएको छ भन्ने बहस चलिरहेका बेला ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो । ट्रम्पले भनेका छन्– ‘मलाई लाग्छ यो दशकौं पछाडि धकेलिएको छ । उनीहरूले यसलाई सहन गरेका छन् र धेरै कठिनाइहरूबाट गुज्रिएका छन् । अब उनीहरूलाई चाहिने अन्तिम कुरा भनेको समृद्धि हो । त्यो आक्रमणले युद्धको अन्त्य गरेको छ ।’
ट्रम्पले इरान र इजरायलबीच चलिरहेको द्वन्द्वलाई ‘स्कूल मैदानमा लडिरहेका दुई बालबालिका जस्तैु भनेर टिप्पणी गरेका छन् । उनले भने– ‘उनीहरूलाई केही समय लड्न दिनुहोस्, त्यसपछि उनीहरूलाई रोक्न सजिलो हुनेछ ।’
ट्रम्पले इजरायल र इरानबीचको द्वन्द्वलाई ध्यानमा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुरा गरेको बताएका छन् । ट्रम्पले भने– ‘मैले उनलाई (पुटिन) लाई इरानलाई होइन, हामीलाई मद्दत गर्न भनेको थिए ।’ एभरेष्ट न्यूज एजेन्सी