काठमाडौँ, असार १७ गते ।
ब्राजिलियन क्लब फ्लुमिनेन्स जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न नकआउट चरणको खेलमा फ्लुमिनेन्सले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
फ्लुमिनेन्सको जितमा जर्मन कानो र हर्कुलसले एक एक गोल गरेका थिए ।
अब क्वाटरफाइनलमा फ्लुमिनेन्सले म्यानचेस्टर सिटी र अल हिलालबीचको आज हुने खेलको विजेतासँग खेल्ने छ ।
यो हारसँगै इन्टर मिलानको विश्वकपको यात्रा सकिएको छ । एभरेष्ट न्यूज एजेन्सी