द पब्लिक टुडे
गौशाला, असोज १६ गते ।
यस वर्ष वडा दसैँमा प्रधानमन्त्री सुशीला कार्कीले टीका तथा जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो ।
सचिवालयले भनेको छ, ुहालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ । त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ ।ु विजयादशमी आज परेको छ ।





