बंगलादेशमा चुनावकै दिन जनमत संग्रह गर्ने घोषणा



काठमाडौँ, कार्तिक २७ गते ।

बंगलादेशको अन्तरिम सरकारले आगामी संसदीय चुनावकै दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ।

सरकार प्रमुख प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।

गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलन पछि तयार पारिएको ‘जुलाई बडापत्र’ कार्यान्वयन गर्न यो जनमत संग्रह गर्न लागिएको उनको भनाइ छ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले संसदीय चुनाव फेब्रुअरीमा हुने र जनमत संग्रह सोही दिन हुने बताए।

जनमत संग्रहको उद्देश्य के हो?

उनले जनमत संग्रहका लागि मतपत्रसँगै मतदाताहरूलाई ुहोु र ुहोइनु मा चार प्रश्नको जवाफ दिन आग्रह गरिने बताए।

बहुमत मतदाताले ुहोु मा मतदान गरे संविधान संशोधन गर्न बंगलादेशमा संवैधानिक सुधार परिषद् गठन गरिनेछ।

ुजुलाई बडापत्रु को उद्देश्य देशको राजनीतिक र संस्थागत संरचना सुधार गर्नु रहेको बताइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, बंगलादेशका अधिकांश राजनीतिक दलले अक्टोबरमा बडापत्रमा हस्ताक्षर गरेका थिए, तर गत वर्षको आन्दोलनका नेता र चार वामपन्थी दल मिलेर गठन गरिएको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ले यसलाई बहिष्कार गर्‍यो।

एनसीपीले बडापत्रमा गरिएका वाचा कार्यान्वयन गर्न कानुनी रूपरेखा वा आवश्यक ग्यारेन्टीको अभाव रहेको तर्क गरेको छ।

Scroll to Top