काठमाडौँ, मंसिर १६ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको छ ।
राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपाली राजदूत तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





