यस्तो छ प्रदीप र जेमी बेकन अभिनीत फिल्म ‘एक्लो’को ट्रेलर



काठमाडौँ, मंसिर २५ गते ।

प्रदीप खड्काको मुख्य भूमिका रहेको साइन्स फिक्सन फिल्म ‘एक्लो १’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रस्ट पार्छ।

फिल्ममा प्रदीपसहित बेलायती अभिनेता जेमी बेकन केन्द्रमा छन्। यस फिल्ममा बेकन बेलायती अन्तरिक्षयात्रीको भूमिकामा देखिएका छन्। बेकन नेटफ्ल्क्सि श्रृंखला ‘ह्वाइट लाइन्स’ मा शीर्ष भूमिकामा देखिएका थिए।

ट्रेलरमा प्रदीप र जेमीसँगै विजय लामा र कविता नेपाली समेत देखिएका छन्। डान्सर कविता नेपालीले यसै फिल्मबाट सिनेक्षेत्रमा डेब्यु गरेकी हुन्।

यो फिल्म सन् २०२५ मा कान्स फिल्म फेस्टिभलको मार्केटमा पिच भएको थियो। प्रदीप शाही निर्देशित यो फिल्म पुस १७ गतेबाट प्रदर्शन हुँदैछ।

शाइ प्रोडक्सन नेपालको प्रस्तुति रहेको यस फिल्ममा प्रदीप,जेमी, विजय र कवितासहित बेनिशा हमाल, जेमी बेकन, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डिसी लगायतको अभिनय छ।

Scroll to Top