एमाले मतदान अपडेट : सात घण्टामा ७२० मत खस्यो



काठमाडौं, पुस २ गते ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो ।

बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।

दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

Scroll to Top