प्रलोपा कालीकोटबाट जैसीसहित ४ जना सिफारिस



कालीकोट, पुस २६ गते ।

प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिति कालीकोटले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ ।

पत्रकार नेता जन्मदेव जैसीसहित ४ जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो । जैसीसहित धर्मराज न्यौपाने, बिस्णुकुमारी शाही र प्रेम सहकारी सिफारिस भएका छन् ।

पत्रकार जैसी श्रमजीवि पत्रकारको हकहितका लागि लड्दै आएका व्यक्ति हुन् । त्यस्तै धर्मराज न्यौपाने, बिस्णुकुमारी शाही र प्रेम सहकारी स्थानीयस्तरदेखि सामाजिक अभियानमा छन् ।

उम्मेदवारको अन्तिम टुंगो केन्द्रको सुझाव लिँदै जिल्ला समितिले नै लगाउने छ ।

Scroll to Top