गायक तामाङको निधन



काठमाडौँ, पुस २७ गते ।

गायक एवं कलाकार प्रशान्त तामाङको ४२ वर्षको उमेरमा आज हृदयाघातका कारण निधन भएको छ । उनको निधनसँगै दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी यतिबेला निशब्द छ ।

सन् २००७ मा भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको ग्रान्ड फिनालेमा गायक तामाङले नेपाली भाषीबीच लोकप्रिय हुनुभएको थियो । साथै उनले गायन क्षेत्रमा मात्रै नभई नेपाली चलचित्रमा समेत आफ्नो अभियनले राम्रो छाप छोड्नु भएको थियो । उनको गायनसँगै अभियनसमेत दर्शकले मन पराएका थिए ।

‘हिम्मत–२’ बाट नेपाली चलचित्रमा पाश्र्वगायकका रुपमा प्रवेश गरेका प्रशान्तले ‘गोर्खा पल्टन’ चलचित्रमा अभियन गरेर अझै लोकप्रियता कमाएको थियो । उनको अभियन यात्रा यसै चलचित्रबाट सुरु भएको थियो । अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत गायक तामाङ काम गर्दाको क्षण अविस्मरणीय रहेको लेख्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको छ ।

उनका अनुसार सन् २०१० देखि २०११ को समयमा तामाङको स्वरले सजिएको गीत ‘मनसाइली’ मा अभिनय गर्दा निकै अमूल्य पलहरू सँगालेको स्मरण गरियो । साथै, परदेशी–२ मा उनिसँगै काम गर्दाका सम्झनाहरू, मुस्कान जीवन्त रहेको बताए ।

अभिनेत्री दिपाश्री निरौलाले तामाङलाई भावपूर्वक सम्झँदै पुराना तस्बिर फेसबुकमा सार्वजनिक गरिएको छ । गायन, अभियन मात्रै नभई तामाङको मित्रवत् व्यवहारको उनले प्रशंसा गरिएको छ । ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी–२’ मा नारायण रायमाझीको निर्देशनमा तामाङले चलचित्र अभियन गरिएको थियो ।

Scroll to Top