निर्वाचन अधिकृतको कार्यालय स्थापना



गण्डकी, माघ २ गते ।

आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र भएको कास्कीमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

कास्की क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय पशुपन्छी अनुसन्धान तथा तालिम केन्द्र रामघाट, क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय सङ्घीय जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय, ड्यामसाइट र क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालय मालेपाटनस्थित प्रदेश कृषि मन्त्रालयको भवनमा स्थापना गरिनेछ ।

Scroll to Top