एमाले सचिव राईद्वारा मनोनयन दर्ता



भोजपुर, माघ ६ गते ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव शेरधन राईले मनोनयन दर्ता गराएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पहिलो पार्टीका रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र दोस्रोमा श्रम संस्कृति पार्टीका धु्रव राईले मनोनयन दर्ता गराएको छ ।

भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने आकलन गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।

Scroll to Top