एमालेका महेश बस्नेतले गरे पार्टी परित्याग



द पब्लिक टुडे
ढल्केवर, माघ ६ गते ।

नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य महेश बस्नेतले पार्टी परित्याग गरेका छन् । आज धनुषाको महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर बस्नेतले पार्टी परित्यागकाे घोषणा गरेका हुन् ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको तथा स्थानीय तहका समस्यामा पार्टी नेतृत्व गम्भीर नदेखिएको कारण पार्टी परित्याग गर्न बाध्य भएको बस्नेतले बताए ।

बस्नेतसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला सदस्य राजकुमार थापा र तत्कालीन नेकपा माओवादी केन्द्रबाट धनुषाको मिथिला नगरपालिका–१० का वडा अध्यक्ष प्रत्याशी शिवकुमार घिमिरेले समेत पार्टी परित्याग गरेका छन् । विभिन्न पार्टी परित्याग गरेका तीनैजना मिथिला नगरपालिका वडा नं १० का स्थायी बासिन्दा हुन् ।

पार्टी परित्यागपछि उनीहरूले अब कुन राजनीतिक दल वा अभियानसँग आबद्ध हुने भन्ने विषयमा खुलाउन चाहेनन् ।

Scroll to Top