ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो



काठमाडौं, माघ ११ गते ।

सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेका अनुसार, उपचारका क्रममा साइकल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा घर भएका अन्दाजी ४५/४६ वर्षका पूर्णबहादुर राई रहेका छन् ।

‘ट्रकले साइकल यात्रीलाई ठक्कर दिएको थियो । उपचारका लागि धरा लगिएकोमा धरानमा मृत्यु भएको छ,’ एसपी थेबेले भने, ‘त्यही विषयलाई लिएर चोकमा भेला भएका थिए । अहिले प्रहरीले सम्झाइबुझाइ गरिरहेको छ ।’

अहिले इटहरी चोकमा ठूलो संख्यामा मान्छेहरू जम्मा भएका छन् । मृतकका आफन्तहरू ट्रक चालकलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

प्रहरीले ट्रक भने नियन्त्रणमा लिएको छ ।

Scroll to Top