काठमाडौँ, माघ १४ गते ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकी नौसेनाको अर्को फ्लिट इरानतिर जाँदै गरेको’ बताएका छन्।
उनले अब इरानले अमेरिकासँग सम्झौता गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।
मंगलबार एक भाषणका क्रममा ट्रम्पले भने, ‘जहाजहरूको अर्को सुन्दर फ्लिट इरानतिर जाँदै छ। हेरौँ के हुन्छ?’
उनले थपे, ‘मलाई आशा छ– ऊ (इरान) सम्झौतामा पुग्नेछ।’
यसअघि ट्रम्पले गत हप्ता पनि भनेका थिए, (अमेरिकी सेनाको एक ठुलो फ्लिट इरानतिर जाँदै छ।)
बीबीसी फारसी सेवाका अनुसार, अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’ फारसी खाडीमा आइपुगेको छ। यो आणविक शक्तिले चल्ने युद्धपोत हो।
ुअब्राहम लिंकनु युद्धपोत अमेरिकाको सबैभन्दा ठुलो र सबैभन्दा उन्नत विमानवाहकमध्ये एक हो।





