इस्ट्यानबुल उडेको टर्किस एयरलाइन्सको जहाज कलकत्तामा डाइभर्ट



काठमाडौँ, माघ २१ गते ।

काठमाडौंबाट टर्कीको इस्टानबुल जानुपर्ने टर्किस एयरलाइन्सको टीएचवाई ७२७ उडान नम्बरको जहाज भारतको कलकत्ता डाइभर्ट भएको छ।

विमानमा प्राविधिक कारणवश विमान कलकत्तामा डाइभर्ट गरिएको हो।

फ्लाइटराडार २४ ले विमान कलकत्ता विमानस्थलमा पुगेको देखाएको छ।

Scroll to Top