बारा : शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

File Photo



बारा, फागुन २१ गते ।

बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

जिल्लामा कुल चार लाख ६५ हजार ७८४ मतदाता रहेकामा करिब ६५ देखि ६६ प्रतिशतसम्म मतदान भएको मुख्य निर्वाचन अधिकृत तथा प्रवक्ता राजकुमार दाहालले जानकारी दिए । उनका अनुसार विभिन्न मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याउने क्रम जारी रहेको छ ।

सबै स्थानबाट मतपेटिका आइपुगेपछि मतगणनाको प्रक्रिया अघि बढाइने जनाइएको छ । निर्वाचनका क्रममा जिल्लाभर सामान्य अवस्थामै मतदान सम्पन्न भएको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ ।

Scroll to Top