ढल्केवर : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा ४ काे मतगणना सुरु भएको छ । शुक्रबार मध्यान्हबाट सुरु भएको मतगणना परिणाम अनुसार रास्वपाले सुरुवाती अग्रता लिएको छ ।
जनकपुरधाम-१४ काे १२३८ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजकिशोर महतोले ८४० मतसहित अग्रस्थानमा रहेका छन् । नेपाली काँग्रेसका महेन्द्र यादवले २१३ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका रघुवीर महासेठले ४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिए ।
यस निर्वाचन क्षेत्रमा कुल एक लाख २७ हजार ७ सय ७६ मतदाता छन् । त्यसमध्ये ८३ हजार ८१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदाता विवरण अनुसार यस क्षेत्रमा महिला ५१ हजार १ सय १५ र पुरुष ६८ हजार ५ सय ८१ मतदाता रहेका छन् । धनुषा–४ मा यसपटक ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।





