द पब्लिक टुडे
ढल्केवर, चैत्र १७ गते ।
धनुषाको ढल्केवरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको मिथिला नगर समितिको आयोजनामा बुधबार ढल्केवरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा नेपाल सरकार गठन भएको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको पार्टीका नगर सभापति विजय कुमार शाहले जानकारी दिए । उनका अनुसार उक्त रक्तदान कार्यक्रम बुधबार बिहान ८ बजेदेखि ढल्केवर चोकस्थित डिहवार मन्दिर अगाडि सञ्चालन हुने छ ।
रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा धनुषाले गर्ने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रममा स्थानीयवासी तथा युवाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
रक्त अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा इच्छुक सबैलाई सहभागिता जनाउन आह्वान गरिएको छ ।





