काठमाडौं, चैत २४ गते ।
नागरिकसम्बन्धी कसुरमा एक जना पक्राउ परेका छन् । नक्कली नागरिकतासम्बन्धी कसुरमा रौतहटका बाबुनन चौधरी कलवर काठमाडौंको कलङ्कीबाट पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौटहट पठाइएको छ ।
उनीविरुद्ध गत भदौ २ गते रौटहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । फरार रहेका उनलाई आज मंगलबार पक्राउ गरिएको हो ।





