संसद् पुग्यो बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक



काठमाडौं, साउन २६ गते ।

बालबालिका सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८३ प्रतिनिधिसभामा पुगेको छ ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीमन्त्रीले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन् ।

नेपालको संविधानले बालबालिकाको सर्वोत्तम हित कायम गर्ने गरी राज्यका नीतिहरूलाई निर्देशित गरेको छ ।

बालबालिकाका लागि संविधान प्रदत्त मौलिक हकको प्रचलन, संरक्षण र प्रवर्धन गर्नका लागि बालबालिका सम्बन्धी ऐनका कतिपय प्रावधानहरूमा समसामयिक रूपमा परिमार्जन गर्न आवश्यक रहेको भन्दै विधेयक लगिएको मन्त्रालयले जनाएको छ ।

बालबालिका सम्बन्धी ऐनमा रहेका मुलतः बालन्याय प्रणालीमा बालवालिकाको सर्वोत्तम हित कायम गर्ने यसको उदेश्य छ ।

कानुनको विवादमा रहेका बालबालिकाको बाल संरक्षण प्रणालीलाई सुदृढ एवं संस्थागत गर्दै बाल अधिकारका सबै पक्षलाई सन्तुलन कायम गर्न आवश्यक परेकोले बालवालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न लागिएको मन्त्री बादीले विधेयकमै लेखेकी छन् ।

Scroll to Top