दिलिप हत्या प्रकणः सरकारले सुन्दैन गुण्डागर्दी विरुद्धको स्वर !

बर्दिबास, माघ ७ गते । चुरे दोहोन विरुद्ध आवाज बुलन्द नभएका होइनन्, ढेड दशकदेखि चुरे माफियाको विरोध हुदैं आएको  छ । चुरिया संरक्षणको माग राख्दैं  नागरिक सडकमा उत्रिन्छन् । चुरेको विनाश लिलाको खबर अखबारले लेखेको लेखै, रेडियोले फुकेको फुकैछ । तर, सरकारले नागरिकको आवाज सुन्दैन ।

जसरी बोतलमा बिर्के लागाएर शिल गरिएको हुन्छ, हो त्यसैगरि माफियाले पैसा खुवाएर प्रशासनको बुजो लगाइदिने गरेको स्थानीय बताउँछन् । चुरिया संरक्षण गर्न सरकारले गौरवको योजना अन्र्तगत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु गरेको छ । संरक्षित ऐरियामै खुल्मखुल उत्खन्न भइरहेको छ ।

तराई मधेश  चुरे उत्खन्न विरुद्ध नागरिक समाज सडकमा प्लेकार्ड लिएर चिच्याउँछन् । तर, दुर्भाग्य, राजनीतिक दल र नेताकै संरक्षणमा चुरेमा अहिले क्रसर डनको बिगबिगी छ। डनहरुको कब्जामा चुरे परेको छ । मधेशको जीवन संकटमा संकटमै बन्दै गएको छ । पूर्व राष्ट्रपति डा.रामवरण यादव चिन्तित छन्, चुरे बचाउन सबैसंग हरेक मञ्चमा आग्रह गर्छन् ।

दोहनको विरोध गर्दा हत्या

चुरे दोहोन रोक्ने जाने  पर्यावरण संरक्षण अभियानीको क्रसर डनले हत्या गरिदिन्छ, ज्यान मार्ने धम्की त समान्य भइसक्यो ।  चुरे माफियाको विरोधमा प्रदर्शन गर्नेलाई प्रहरीले तातो तातो गोली हानि ठेगान लगाउँछ । अबैध दोहोन गर्ने चुरे माफियाको पिंठ्यु थपथपाउँछ । अनि मापियाहरुलाई विरोध गर्नेलाई उनीहरु ज्यान मार्न पनि पछि पर्दैन । खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ बर्षीय दिलिप(ओमप्रकाश) महतोको क्रसर डनले २५ पौष, २०७६ को बिहान हत्या गरिसकेका छन् ।

उनको हत्यापछि नदी–खोला डनहरुको कर्तुत एकपछि अर्को बाहिर आइरहेको छ ।बटेश्वर गाउँपालिका– १ का मनोजकुमार कुश्वाहा हतियारको बलमा बडहरी खोलामा बालुवा गिट्टी उत्खनन् गर्दै आएका थिए । अबैध उत्खनन विरुद्ध बोल्दा उनले स्थानीयलाई ज्यान मारिदिने धम्काउँदै आएको थियो । २५ जेठ, २०७६ मा खोला उत्खनन गर्न गएका उनको साथबाट प्रहरीले स्वचालित पेस्तोल बरामद गरे । त्यसपछि उनको कर्तुत बाहिर आयो । प्रहरीले मनोजलाई समातेर हातहतियार तथा खरखजाना मुद्दामा उनी कराकारमा छन् ।

हतियार लिएरै नदी उत्खनन् गर्ने मनोजको न कुनै क्रसर उद्योग  न त उनी उनले ठेक्केदारै हुन् । अर्काको जेसी र टिपरबाट बालुवा गिट्टी तस्करी गरेर फाइदा कमाउने उनको काम  हो ।

उनी आफ्नै वडाको विद्यालयमा लेखाको काम समेत गर्थे । तर विद्यालयबाट तलव खाएर समय भने कम दिन्थे । बिहानदेखि बेलुकासम्म उनी खोलामे हुुन्थे । स्थानीयका अनुसार ठेकेदारले उनलाई नदीजन्य पदार्थ चाहिएको भन्नेवित्तिकै उनी टिपर र स्काभेटर भाडामा लिएरै उत्खनन् गर्ने गर्थे । हतियार सहित पक्राउ पर्नु अघि उनी डकैतिमा मनि मुछिएको प्रहरीले जनाएको छ ।

सर्लाहीस्थित बाँके खोलामा क्रसरबालाले अबैध रुपमा बालुवा गिट्टी झिकेर ठूलो खाड्ल बनायो ।त्यसमा जमेको बर्षाको पानीमा डुबेर  ईश्वरपुर नगरपालिका–१३ का १२ बर्षीय अमित रायको मृत्यु भयो । क्रसरवलाहरुको ज्यादती विरुद्ध स्थानीयले राजमार्ग सडक बन्द गराएका थिए ।क्रसरवालाले गैरकानुनी काम गर्दा आँखा चिम्लिने प्रहरी सडक खुलाउन गोली चलायो ।गोली लागेर स्थानीइ २७ वर्षीय केवल महतोको ज्यान गयो ।

नगरिकको आवाज सुन्दै सरकार

पहिलो तत्कालिन जिल्ला विकासले खोला नालाको ठेक्का लगाउँथ्यो ।दुई बर्ष यतादेखि स्थानीय सरकारको मातहातमा खोलानाला परेको छ ।  स्थानीय तहले ठेक्का लगाउने जिल्ला समन्वय समितिले खोलाको अनुगन गर्ने अधिकार छ । स्थानीय तहले ठेक्का लगाउँछ । तर उसले कति र कसरी उत्खन्न हुदैंछ हेर्न पनि जाँदैन । जिल्ला समन्वय समितिले  अबैध उत्खन्न र क्रसर बन्द गराउन गरेको निर्णय कार्यान्वयन हुदैंन ।

प्रहरीले चुरेका खोला नालामा हुने अबैध उत्खन्नमा नियममा असहयोग गर्ने गरेको सरोकारवलाहरु बताउँछन् । प्रदेश—२ का बासिन्दाले चुरे दोहन भएको भन्दै चिन्ता व्यक्त गर्दै ४ माघ, २०७५ मा भौतिक पूर्वधार मन्त्रालयका मन्त्री जितेन्द्र सोनलाई मन्त्रालयमै पुगेर चुरे संरक्षण गर्न ध्यानार्षण गराएका थिए ।

स्थानीयको ध्यानार्षण पत्र बुझ्दै प्रदेश २ का भौतिक पूर्वधार मन्त्री जितेन्द्र सोनलले चुरेप्रति सरकार गम्भीर रहेको बताएका थिए । तर, उनको त्यो गम्भिरता व्यवहारमा देखिएन । प्रदेश २ का प्रदेश संसदीय समितिले स्थलगत अनुगन गर्दा पनि त्यसको प्रभाव छैन ।

प्रहरीको साँठगाँठमा अबैध उत्खन्न

तस्करले सरकारका निकाय, प्रहरीप्रशासन, कुण्डलेमुण्डलेलाई मासिक नजराना दिएर ढुङ्गा,बालुवा,गिटी ओसार्न सेटिङ्ग मिलादिन्छ । गैरकानुनी काम रोक्न  तैनाथ प्रशासन तस्करीका लागि बाटो खुल्ला गर्छन् ।त्यसका विरुद्ध जनताले जति सुकै आवाज उठाएपनि सरकारका निकायले सक्रियता देखाउँदैन, तैं चुप, मैं चुप  हुन्छन् ।

‘प्रहरीको आँखा अगाडि अबैध खोला उत्खन्न भइरहेको हुन्छ । स्थानीयले प्रहरीलाई खबर गर्छ, प्रहरी बाटोमै हुँदा टिपर, लोडर खोलाबाट भगाइन्छ , तस्करकलाई प्रहरी आउँदै छ भन्ने कसरी थाहा हुन्छ ?’प्रदेश सभा सदस्य शुत्रधन महतो भन्छन्,‘क्रसरमा नेता, सांसद, मन्त्रीको लगानी छ ।’तस्करहरुले प्रहरीलाई पहिला किन्छ, गाउँको बेरोजगार युवाहरुलाई दिनहुँ दारुमासु र पोकेट खर्च दिन्छ । प्रहरीको आड् र  कुण्डलेमुण्डलेहरुको बाहुबलमा चुरे दोहोनको खेती फष्टाएको उनले सुनाए ।

‘जहाँ जहाँ क्रसर संचालन छ, त्यस गाउमा माफियाहरुले गुट गुट बनाएर युवाहरुलाई राखेका छन्,’प्रदेश सभा सदस्य महतो भन्छन्,‘उनीहरु सबै ठेक्केदार, क्रसरबालाको संरक्षण गर्न वरिपरि खटिएका हुन्छ । समाजमा गुण्डा गर्दी गर्दै गाउँलाई डरत्रास देखाउन पछि पर्दैन ।’

दोहोनले संकट ग्रस्त बन्दै मधेश

चुरेभार क्षेत्रमा चैत्रदेखि असारसम्मा खानेपानीको चरम अभाव हुन्छ । चुरको अवैज्ञानिक उत्खन्नले खानेपानीको श्रोत मासिदैं गएको छ । साउन लाग्ने बितिकै चुरेको खहर खोलामा ठूलो बाढी आउँछ । जथाभावी नदी पदार्थ झिक्दा खोलाले बग्ने बहाव फेर्छ । उर्लेर आएको बाढीले खेत कटान गर्छ, गाउँनै बगाउँछन् । जनताको उठिबास नै गराइन्छ । चुरको दोहोन गरेर माफियाहरु मालामाल छन्, स्थानीयको सधैं बेहाल हुन्छ  ।

अबैध उत्खन्नले बर्षेनी बाढीले गाउँलेको खेत कटान गर्दा रोक्न गएका श्रीपुरका चुरे संरक्षण अभियानी दिलिप रोक्न खोज्दा उनको क्रसर डनको समूहले हत्या गरे । तराई ३६ जिल्लामा एक ६४ वटा खोला छन्। अनियन्त्रित दोहनले प्रत्येक वर्ष ३ हजार ९ सय बिघा खेतीयोग्य जग्गा बाढीले कटान गरेर मरुभूमि बनाउँदै आएको छ ।

प्रदेश २ मा दोहन बढेपछि चुरेभावर संकटमा परेको छ। विशेषगरी महोत्तरी, धनुषा, सिरहालगायत तराई मधेसका भावर क्षेत्र कुरूप बन्न थालेको छ। चुरे विनाशले जल, जमिन, जंगल, जीवजन्तु र जनताको जीवनसमेत संकटमा पारेको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले सुनाए ।

चुरेमा क्रसको बिगविगी

चुरेको भावर क्षेत्र उत्खन्नले झनै असुरक्षित बनेको छ । क्रसर माफियाहरुले  भावर क्षेत्रलाई दोहन गरेर असुरक्षित बनाएको हो । भावर क्षेत्रमा अबैध क्रसरको बिजबिगी छ ।

चुरेभार क्षेत्र उत्खन्न गर्ने क्रम बढेको छ। नयाँ क्रसरहरु धमाधम थपिदैंछ ।  महोत्तरीको बर्दिबास, भंगहा, गौशाला र धनुषाको मिथिला नगरपालिका ढल्केबर क्षेत्रमा प्रदेशकै सबै भन्दा बढी अबैध क्रसर संचालित छन् । ‘भावर क्षेत्र चुरेको मुटु मानिन्छ ।

चुरेबाट भुमिगत रुपमा बगेर आउने पानीलाई भण्डार गर्ने काम भावर क्षेत्रले गर्छ,’चुरे विज्ञ डा. बिजय सिंहले भने,‘चुरेको दक्षिणी भागको करिबश १० किलोमिटर क्षेत्रमा भार पर्दछ  । जुन पूर्ण रुपमा चुरेको अतिसम्वेदनशिल ऐरिया हो ।’

जेसिबी र एक्साभेटरले उत्खन्न गरि बालुवा,गिट्टी झिकेर भावर क्षेत्रको अवैध दोहन गर्न क्रसर डन संगठित रुपमा लागेका छन् ।हैवी एक्वीपमेन्ट जेसिबी र एक्साभेटर लगाएर खोला खन्न प्रतिबन्ध छ । तर, क्रसर व्यवसायीहरुले भावर क्षेत्रमा अवैध रुपमा  जेसिबी र एक्साभेटर लगाएर उत्खन्न गरिरहेका छन् । ‘क्रसरवलाहरुले भावर क्षेत्रमा सस्तोमा जग्गा किनेका छन् । त्यसैमा क्रसर उद्योग स्थापना गरेका छन् । त्यही उत्खन्न गरिरहेका छन्,’नाम नबताउने शर्तमा बर्दिबासस्थित एक क्रसरका कामदारले भने ।

क्रसर व्यवसायीहरु नदी जन्य पदार्थ उत्खन्न गरेर उद्योगमा लगेर पहाड जस्तै बालुवा गिट्टीका थुप्रा लगाएका छन् । लाग्छ सरकारको कानुन दैवले जान्नु जस्तै छ, सरोकारवला निकाहरु यस विरुद्द खारो रुपमा नउत्रिनुले ।

तस्कर विरुद्ध बोल्ने को ?

अबैध काम गर्नेलाई कारबाही गर्न कानुन छ । त्यसलाई कार्यान्वय गर्न प्रहरी प्रशासन  छ। निगरानी गर्न जनप्रतिनिधि पनि छन्। तर, खोलाको अवैध उत्खन्न रोक्नुको सट्टा झन् झन् फष्टाएको छ । नेपाल सरकारकको कानुन अनुसार खोलानालबाट ठूलो यन्त्र लगाएर नदीजन्य पदार्थ उत्खन्नमा गर्न प्रतिबन्ध छ । कानुनको बर्खिलाप गर्दै ठूला यन्त्र प्रयोग गरेर खोला दोहोन गरिहेको छ।  सरोकारवाला निकाय रोक्नुको साटो उल्टै ठेकेदारलाई सघाइरहेका छन् ।

चुरे विनास र यसको परिणामको बारेमा सबै जानकार छन् । सञ्चारकर्मी र कमैले चुरिया संरक्षण र यसको बिषयमा बोल्ने, लेख्ने र बहस गर्ने हिम्मत् राख्ने गरेको महोत्तरीको बर्दिबासका कांग्रेस नेता महेश झा बताउँछन् ।

‘तस्कर विरुद्धमा बोल्नेको जुनसुकै बेला ज्यानको खतरा छ । कति खेर चुरे माफियाँले काहाँ, कसबाट के ? गराई दिन त्यसको ठेगान छैन,’उनले भने ।

नेताहरुले पोस्छन्, क्रसर डन

यहाँ मापदण्डविपरीत क्रसर सञ्चालनमा छन्। उनीहरूको उत्खनन रोकिने छाँट छैन। त्यस्ता क्रसर उद्योगलाई न कानुनले छोएको छ, न त प्रहरी–प्रशासनले नै यसमा ध्यान दिएको छ। राजनीतिक दलहरूले यतातिर दृष्टि लगाउने कुरै भएन, किनकि उनीहरू नै त हुन्, क्रसर डन पोस्नेहरू ।

क्रसरको कच्चापदार्थ चुरैमै पर्छ। ती उद्योगले चुरेभारलाई उत्खनन गरेर बर्बाद बनाएका छन्। चुरे क्षेत्र नेपाल, भारत र पाकिस्तानमा फैलिएको छ। चुरेको सबैभन्दा बढी क्षेत्र नेपालमा छ। नेपालको कुल क्षेत्रफलमध्ये १२ दशमलव ७८ प्रतिशत चुरे पहाड पर्छ। ‘चुरे गेग्य्रानले बनेको कमलो कान्छो पहाड हो। चुरेको अवैज्ञानिक दोहन बढ्दै गए मधेस मरुभूमिमा परिणत हुन सक्छ’, चुरे–तराई अन्तरसम्बन्धका जानकार डा. विजयकुमार सिंह भन्छन् ।

कानुन मान्दैनन् क्रसर

प्रदेश २ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन, बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालन व्यवस्थित गर्ने कार्यविधि’ २०७५ स्वीकृत गरेर मापदण्ड तोकेको छ। तर यस क्षेत्रका धेरै उद्योगको स्थापना नै मापदण्डअनुकूल नभएको पाइएको छ ।

प्रदेश सरकारले बनाएको मापदण्डबाहिर गएर उद्योग सञ्चालनमा छन। कतिपय त दर्तासमेत भएका छैनन्। घरेलु तथा साना उद्योग कार्यालय पनि यस विषयमा मौन छ। वातावरण संरक्षण ऐन २०५३ जारी हुँदा आईईई र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत लिएर मात्र उद्योग सञ्चालन गर्नुपर्ने हो। तर त्यसो हुन सकेको छैन ।

ठेक्कामा सबैले घिचेका छन् 

अबैध रुपमा भइरहेको अबै खोला उत्खन्नको रोक्ने काम नगरपालिका र सिडिओहरुको भएको  प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डिआईजी प्रधुम्न कार्कीले जनाए ।

‘सबै घिच्ने नगरपालिकाले ठेक्का लगाउने अनि सबै दोष पुलिसको ठाउकोमा लगाउन कहाँ पइयो,’उनले भने,‘नगरपालिकाले लगाउने ठेक्कामा पुलिसको रोल कहाँ छ ? देखाउनुस् त मलाई । कुन कानुनले पुलिसको रोल दिएको छ ? खोला निमनमा ।’

अबैध खोला उत्खन्नको अनुगनम गर्ने मुख्य जिम्मा सिडिओ सिडिओ साह’बहरुको काम हो  ।उहाँहरु आँखा चिम्लेर बस्नु भएन,’उनले भने,‘उहाँहरुले पुलिसलाई परिचालन गर्ने हो, पुलिसले त अधिकार लिएर बसेको हुदैंन नी  । प्रहरीलाई समात भन्दा  समात्ने हो, छोड् भन्दा छोड्ने हो ? कानुन हातमा लिएर बस्ने सर्वेसरुवा त अरु होनि ।’

उनले खोला उत्खन्नमा बर्दी लगाएका प्रहरी पनि हुन सक्ने बताए ।‘प्रहरी संलन छैन भनेर म भन्दिन । म तिनलाई बर्दि लगाएको डाँका भन्छु ।’ नगरपालिकाले आँखा चिम्लेर, जो घिचेर ठेक्का दिएको दावी गर्ने उनले थपें,‘ प्रहरीलाई दोष लगाउनु सबैलाई सजिलो छ । ठेक्का दिने बेलामा त्यसको आँखा फुटेको थियो सहिला कि वुद्धि विवेकका घाँस खाएको थियो ।  पशु हो मेयरहरु सहि कुन गलत कुन हेर्न सक्दैन । ठेक्का लगाउनु भन्दा स्थानीयले स्थानीय निकाय घर्नु पर्दैन थियो ? थियो । उसले पनि प्रहरीलाई दोष दिन्छ ।’

अबैध काम रोक्ने प्रहरीको काम होइन् र ? भन्ने प्रश्नमा डिआईजी कार्कीले भने, ‘अबैध सबै काम रोक्ने काम  पुलिसले नै गर्छ त ? सिडिओ कहाँ छ, नगरपालिकाको मेयर कहाँ छ,यहाँको प्रदेश सरकार कहाँ छ, सबैको रोल हुनु प¥यो नि त ।’ खोला उत्खन्नमा प्रहरीको साँठगाँठ रहेको भन्दै प्रहरीमाथि दोष लगाइरहँदा दुःख लागेको बताउँदै उनले थपें,‘ घिच्ने चाहि घिच्ने ? सबै घिच्ने ? पत्रकार चाहि त्यसको पछाडि लागेर त भएन नि त ?’
पुलिसलाई दोष देख्ने ? भन्दै उनले अघि भने,‘सबैले घिचेको छ, नगरपालिकाहरुले अबैध ठेक्का लगाइरहेको छ । खोला ठेक्का लगाउने जुन मेन अफिस हो नि, उसैले विचार गर्नु पर्ने हो । निगरानी र अनुगमन कसले गर्ने तोकेको होला नि त । पुलिसलाई गर भन्दा गर्ने हो नगर भन्दा नगर्ने हो ।’

चुरे दोहोनमा चलखेल

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले खोला उत्खन्नमा प्रहरी प्रशासनले चलखेल गरेको बताएका छन् । ‘म आफै खोलामा अनुगमन गर्न पुग्दा स्थानीय प्रहरी प्रशासन नै अबैध उत्खनन्को चलखेलमा लगेको भेटियो,’उनले भने,‘ चुरे दोहोनमा सक्रिय तस्करहरुको जाल एकदमै माथिल्लो तहसम्म छ । ’उनले भने,‘ नत्र यति ठुलो आँट गर्न सक थियो, मान्छे हत्या गर्ने ?

चुरे संरक्षण गर्न प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने उनको कथ्न छ । ‘प्रहरी  अहिले प्रदेश सरकारको मातहतमा छैन । हामी   समन्वयकारी भूमिकामा मात्रै छौं, निर्देशनकारी भूमीकामा छैनौं,’उनले भने,‘ जो कोहि संग समन्वय गरेर भएपनि तस्कारको जाललाई समाप्त पारेरै छाड्छौं ।’

चुरेकोे चिन्ता कसैलाई छैन

कमिशनको चक्करमा प्राकृतिक स्रोत साधन चुरे दोहन भइरहेको पूर्व राष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । महोत्तरीको बर्दिबासमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको २८ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले प्राण वायु दिने जंगल फडानीले मानव जीवन संकटमा पर्दै गएको बताए ।

‘प्रकृति मानव जीवनको मेरुदण्ड जस्तै हो ।तर, मानवले प्रकृतिलाई ध्वस्त बनाइरहेको छ,’उनले भने,‘ भगवानले मानवलाई हावा, पानी, सूर्यको प्रकाश, वनसपत्ति, जीवजन्तु जमिन दियो ।तर, सरोकारवलाहरु  कमिसनको चक्करमा प्रकृतिको दोहोन गरिहेका छन् ।’शिक्षा, स्वास्थ्य र पर्यावरणको रक्षाले देश समृद्ध बन्ने उनले औंल्याए

आफ्नोे आँखा अगाडी नेपालको वनजंगल मासिएर सिद्धियाइएको उनले ठोकुवा गरे । जंगल फडानी,जमिनको कटानी, बाढीले गाउँघर डुवानीको जोखिम बढ्दैं गएको प्रति उनले चिन्ता जाहेर गरे ।  स्थानीय सरकारले चुरे संरक्षणमा ध्यान नदिएको संकेत गर्दै उनले भने,‘वडा अध्यक्ष इन्जिनियर बनेका छन् ।  दोजरको ड्राइभर ओभरसिर छन् । वरिपरिका सबै ठेक्केदार छन् । अब देशको के होला ?’  शासकहरुलाई प्रकृति जोगाउने तर्फ कमद चाल्न उनले आग्रह गरेका छन् । ‘पर्यावरण नजोगाए मानव जीवन चल्दैंन,’उनले भने ।

‘सियोको नोख जत्रो पृथ्वीलाई जोगाउन कसैको चिन्ता छैन । पहाडको डाँडामा दोजरले खनेर सखाप पारिदैंछ,’उनले भने,‘तराईमा चुरे खनेर ध्वस्त पारिदैंछ । मावनका लागि प्रकृति बानरको हातमा नारिवल जस्तै भयो ।’

नेपालमा पर्यावरण संरक्षणको अभियना चलाउनु पर्नेमा पूर्व राष्ट्रपतिले सरकारको ध्यानकर्षण गराए । ‘हिमालको हिउँ पघलिदैंछ । पानीको मुहानमा दोजर लगाएर खतम पारियो ।  मधेशका गाउँमा पिउने पानीको हाहाकार बढेको छ,’मानिसहरु टायर गाडामा गाग्री,डोलबाल्टीन बोकेर पानीको खोजि गर्न बाध्य रहेको बताउँदैं उनले थपें,‘स्वच्छ हावा दिने प्राणवायु वनको फडानि रोकिएको छैन ।’सरकार वातावरण संरक्षणमा गम्भिर नरहेको उनले आरोप लगाए ।

‘चुरे संरक्षणको आवाज म दश बर्षदेखि उठाइरहेको छु । तर, कुनै पार्टीमा छलफल हुदैंन । कुनै नेता बोल्दैंन, सदनमा चुरेको सवालमा बहस हुदैंन,’उनले भने,‘ चुरे दोहोनको चिन्ताले मलाई रुन मन लग्छ । जहाँ देख्छु, त्यही बोल्न थाल्छ, तपाइहरु पनि बोल्नुस् ।’

चुरे जोगाएनौं भने मधेश २५ बर्षमा मरभूमीकरण हुने विज्ञले प्रतिवेदन सार्वजनिक गरिहेको छ । ‘बाँदर जस्तो भएर जंगल काटिरहेका छौं, चुरे खनेर फालिरहेका छौं । पर्यावरण बचाउन बोल्ने अभियन्ताहरुलाई ज्यानै मारिदिन्छ । कस्तो जघन्य अपराध भइरहेको छ,’उनले भने ।