ढल्केवरबाट लागुऔषधसहित एकजना पक्राउ

ढल्केवर, फाल्गुन १ गते । धनुषाको ढल्केवरबाट लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिथिला नगरपालिका वडा नं. ६ बस्ने मनिसकुमार महतोलाई लागुऔषधसहित बुधबार साँझ ढल्केवर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महतोमाथि शंका लागेर सोधपुछ र शरिर तसाली गर्दा निजको साथबाट तत्काल एक्स्प्लोन नामक लागु औषध १ बोतल फेला परेको थियो ।

उनलाई थप सोधपुछ गर्दा घरभन्दा केही टाढा रहेको परालको टालमा लागुऔषध लुकाई राखेको बताएपछि सो ठाउँमा खोजबिन गर्दा एक्स्प्लोन ४२ बोतल, नाइट्रोभेट टेन १० पता फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले बताए ।

लागुऔषध बरामद भएको हुँदा महतोलाई सोही बखत पक्राउ पुर्जि दिई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक कार्कीले जनाए ।

लागुऔषधसहित पक्राउ परेका महतोमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।