दुर्घटनामा दुई भारतीयको मृत्यु

File Photo

सप्तरी, फाल्गुण ६ गते : सप्तरीमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा बोदे बसाइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत ७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनकुनिया खातुनको मृत्यु भएको हो । हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । रासस