ताल्चा फोडेर प्रहरीकै घरमा चोरी

सांकेतिक तस्विर

धनुषा, फाल्गुण १२ गते । धनुषामा एक प्रहरीकै घरमा चोरी भएको छ । क्षिरेश्वोरनाथ नगरपालिका ७ दुर्गाटोलस्थित शम्भु पौडेलको घरमा शनिबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपी ताल्चा फोडेर डेढ तोला सुनको मंगलसुत्र र ३५ हजार रुपैयाँलगायतको सामान चोरी भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

घरबेटी पौडेल खोटाङमा प्रहरी नायब निरीक्षक छन्। उनका परिवार माइत गएको बेला चोरी भएको जनाएको छ ।