कोरोना रोक्न चिनियाँ मोडल अपनाउँदै सरकार

काठमाडौं, चैत्र १० गते । सरकारले कोभिड १९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ । संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराख भट्टले आइतवार त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिए ।

कोभिड १९ रोकथाम र नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन ‘लकडाउन’ गर्ने विधि हो ।

वुहानमा संक्रमण शुरू भएपछि चीनले शहर नै लकडाउन गरेको थियो । दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रूपमा अपनाइरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।