वर्षौंपछि ऋतिकको घरमा पुगिन् सुजैन, लकडाउन बन्यो कारण

चैत १२ गते : ऋतिक रोशन र सुजैन खान अलग्गिएको निकै धेरै समय बितिसक्यो । तर यी दुईको दोस्ती अहिले पनि कायम नै छ । ऋतिक र सुजैन दुबैले एक–अर्कालाई समर्थन गरिरहेको देखिन्छ । आफ्ना बच्चाका लागि यी दुई धेरैजसो सँगै पनि देखिन्छन् । यसपटक पनि बच्चाका लागि यी दुई पुनः सँगै देखिएका छन् । यी दुई २१ दिनसम्म लकडाउन हुनेछन् ।

ऋतिक रोशनले पूर्व श्रीमती सुजैनको तारिफ गर्दै एक विशेष पोस्ट सेयर गरेका छन् । साथै सुजैनको एक तस्बिर पनि सेयर गरेका छन् । यसै पोष्टमा उनले सुजैन आफ्ना बच्चाका लागि केही समयका लागि घर फर्किएको जानकारी दिएका छन् ।

ऋतिकले सोशल मिडियामा साझा गरिएको एक पोस्टमा लेखे, ‘यस्तो समयमा आफ्नो बच्चासँग अलग हुनेबारे सोच्नु एक आमा–बुवाका लागि अकल्पनीय हो, जब देश लकडाउनको स्थितीबाट गुज्रिरहेको छ ।’

‘अनिश्चितता, थुप्रै महिनाका लागि सोशल डिस्टेन्सिङ र लकडाउनको रुपमा संसार एक भइरहेको देख्नु साँच्चै नै मन छुने खालको समय हो । ’

‘यो प्यारी सुजैनको एउटा तस्बिर हो जसले आफ्नो घरबाट अस्थायी रुपमा बाहिर आउने निर्णय लिएकी छिन् ताकि हाम्रा दुई बच्चा हामीमध्ये कसैसँग पनि डिस्कनेक्ट महसुस नगरुन् ।’

ऋतिकले थपे, ‘यति सपोर्टिभ र स्थितीलाई बुझ्ने कोसिस गरेकोमा सुजैन तपाईंलाई धन्यवाद । हाम्रा बच्चाले त्यो कहानी बताउनेछन् जुन हामीले उनीहरुका लागि बनाउनेछौं । म आशा गर्छु, हामी आफ्नो र आफ्ना प्रियजनको स्वास्थ्यको रक्षा गर्नका लागि हामी सबैले खुल्ला मनले प्रेम, सहानुभूति, साहस, शक्ति व्यक्त गर्न आफ्नो तरिकाको खोजी गर्नेछौं ।’ एजेन्सी