अमेरिकामा धेरै कोरोना संक्रमित हुनुको कारण यस्तो : ट्रम्प

चैत्र १४ गते : अमेरिकामा कोरोना संक्रमितको संख्या संसारकै सबैभन्दा धेरै भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसको कारणबारे जानकारी दिएका छन् ।

उनले यसलाई परीक्षणको नतिजा बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले धेरैभन्दा धेरै परीक्षण गरिरहेका छौं, यो त्यसैको परिणाम हो ।’

यसका साथै, ट्रम्पले चीनले कोरोना संक्रमितको आँकडा लुकाइरहेको आरोप लगाएका छन् । उनले भने, ‘चीनमा कोरोना संक्रमितको संख्या जति बताइएको छ, वास्तवमा त्यहाँ त्यो भन्दा कयौं गुणा बढी संक्रमित छन् ।’ एजेन्सी