लकडाउन उल्लंघन गर्ने ४५ सवारी प्रहरीको नियन्त्रणमा

  • रामबाबु यादव

गौशाला, चैत्र २० गते । महोत्तरीमा लकडाउन उल्लंघन गर्ने ४५ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिवार ४० मोटरसाईकल, ३ टयाक्टर र २ वटा टेम्पो गरि ४५ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

नियन्त्रणमा लिएको सवारी साधन अर्को आदेश नआएसम्म प्रहरी नियन्त्रणमै रहने जनाइएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेका कोरोना भाईरस (कोभिड १९) लाई नियन्त्रण गर्न सरकारले चैत्र २५ सम्म देशै लकडाउन गरेको छ ।