Saturday, January 16, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

राजतन्त्र ढालेका मजदुर गणतन्त्रमा परे अलपत्र

mm by द पब्लिक टुडे
२१ बैशाख २०७७, आईतवार ०७:२८
81
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter
  • शंकर महतो

सम्पतिको जननी श्रम हो । तर, व्यवहारमा अकाश जमिनको फरक छ । रातदिन पसिना बगाउने मजदुरलाई सामान्य जीवन जीउन पनि धौं धौं परीरहेको छ । लकडाउनले पसिना बगाउने श्रमिकहरुको जीवन संकटमा परेको छ । राजतन्त्र ढालेका मजदुर गणतन्त्रमा अलपत्रमा छन् । आशा, भरोसा दिने धेरै छन् । तर मजदुरहरुले सधैंका लागि दरो ढुक्क भएर बस्न सकिरहेका छैनन् ।

The Public Today

आज मजदुर दिवस मनाइरहँदा श्रमिकहरु लकडाउनले समस्याको जालमा फसेका छन् । रोजीरोटीको खोजीमा शहर पसेका मजुरहरु लकडाउनले घर न घाटका भएका छन् । शहर बजार खुलेसम्म उनीहरुको श्रम चल्यो । लकडाउन हुँदा मजदुरहरुले मालिकबाट पिउने पानी र खाने गाँससम्म पनि पाउन सकिरहेका छैनन् । काम बन्द छ तर, पसिना बगाउने मजदुरको पेट मानेको छैन । लकडाउनले शहरको निर्माण कार्य, उद्योग, उत्पादन सबै सबै ठप्प छ । रिक्सामा यात्री राखेर गणतव्यसम्म पु¥याएर बाँच्ने रिक्सा चालकहरुको काम बन्द छ, किन भने शहर बजार लकडाउनले चकमन्न छ । कोरोना भाइरसको महामारी भन्दा मजदुरलाई भोकमरीले पिरोलेको छ । शहरमा दानापनी नपाएर श्रमिकहरु काठमाण्डौंबाट नाङ्गो खुट्टा हिडेर कैलाली र इलाम पुगेका दृष्य सडकमा कमिलाको ताँती झै बक्रल्ति देखिन्छ ।

हुनेखानेले पास लिएर कारमा गुडिरहेका छन् । अवाज विहिनहरुको आवाज सुनि दिने कोही छैन । नाङ्गो खुट्टा घर हिंडेका मजदुरहरु तातो घाम, भोको पेट, अनिद्रोले लखतरान छन् । टाउँकोमा पोकोपन्तरो, मनभरी आमावुवाको सम्झना, लालाबाला र प्यारीको माया बोकेर बाटा हिडिरहेका भोका निर्दोष मजदुरहरु पीडाको सिकार भएका छन् । त्यसैले उनीहरु चकमन्न बाटोमा घरतिरको यात्रामा छन् । भोकै भएपनि आफ्नो घरमो पिंडीमा आरामले त कम्तिमा परिवारको साथमा बस्न पाइन्छ भन्दै जन्मभूमीमा टेक्न उनीहरुलाई हतारो छ । दुई तिहाईको सरकार मदजुरको दुःख भन्दा पनि सत्ता, पद र गुटगत स्वार्थमा मग्न हुनु कम्युनिष्ट सरकारका लागि दुुर्भाग्य हो ।

श्रमिकको दुःख हेरेर केही नेताले बसबाट घर पु¥याएपनि अझै कामदार बाटैमा अलपत्र छन् । शहरमा खान नदिने र घर पनि जान नदिने यो बीचको अन्यौलताले श्रमिकहरु खालीखुट्टै घरको बाटो तताइरहेका छन् । सरकार जुन किसिमले श्रमिकहरुको समस्या बुझ्नु पर्ने हो त्यो अझै बुझ्न सकेको छैन । कारोना भाइरसबाट बच्न लकडाउनलाई मुख्य हतियार बनाइएको छ । लकडाउन बढाउँदै लगेको छ तर, मजदुरहरुको भोको पेटबारे गम्भिर भएर अल्पकालिन बाहेक दिर्घकालिन उपाय तिर सोंच्न सकेको छैन । उनीहरुकोलाई महामारी भन्दा भोकमरी चुनौतिपूर्ण देखिन्छ ।

गरिव तथा विपन्न वर्गको स्वरबाट तन्त्र फेरियो, मतबाट कयौं सरकार बन्यो । तन्त्र र सरकार फेरिए पनि गरिव तथा मजदुरहरुको जीवनमा खाँसै गहिरो छाँप छोड्न सकेको छैन । सरकारले पर्यत्न गरेपनि सफलता हात भने लाग्न सकेको छैन । पुँजीकै भरमा केही मान्छेहरु सम्पति जम्मा गरिरहेका छन । तर, श्रममा विश्वास गर्ने श्रमिकको जीवन उज्यालिएको छैन । उनीहरु दुई गाँस खाना, एक सर्को लुगा र एउटा सपनाको घर बनाउन संघर्षरत छन् । मजदुरी गर्नेहरु झन् झन् गरिव हुदैं गएका छन् । पूँजीपतिहरु तिनै श्रमिकहरुको श्रमबाट धनमाथि धन जम्मा गर्न भ्याएका छन् । यो वर्गीय असमानता आजको यथार्थ हो । नेपाली समाज यो असमानतामा जकडिदै गईरहेको छ ।

नेपाली राजनितिमा मजदुर वर्गको भुमिका महत्वपुर्ण छ । लोकतान्त्रिक प्रक्रियामा कम्युनिष्ट पार्टीलाई तीनै तहको सरकारमा अत्यधिक बहुमतले जिताउनुमा मजदुर वर्गको अहम भुमिका रहेको थियो । तर विडम्वना मजदुरको जीवनमा तात्विक फरक भएको छैन । संसारभरी कपडा उत्पादन गर्ने मजदुरसँग लाज ढाक्ने कपडाको खोजीमै दिनहरु वितिरहेको छ । मजदुरका बच्चाहरुले राम्रो शिक्षा दिक्षा पाएका छैनन । ठुला ठुला विकास आयोजनामा श्रम गर्ने मजदुरसँग विकास उपभोग गर्ने हैसियत पनि छैन ।

मे १ तारिख विश्वभरीका मजदुरहरुको मुख्य दिन हो । जुन भरखरै बितेको छ । अन्तराष्ट्रियरुपमा मनाईने यस मे दिवस मजदुर आन्दोलनको उत्सवको रुपमा मनाईने पर्व हो । यस दिवसको सम्वन्ध सन् १८८६ मा शिकागो शहरमा घटेको हे मार्केट मामलाको घटनासँग रहेको छ । अमेरिकाको शिकागो शहरमा सन् १८८६ मे १ तारिखका दिन लाखौं मजदुरहरुले ८ घन्टा कार्यदिवसको माग राख्दै आम हडताल गरे । त्यसको चौथो दिन अर्थात मे ४का दिन उनीहरु हे मार्केटमा जम्मा भए । पुलिसले जबर्जस्ती कारबाही अगाडि बढायो । भिडमा कसैले वम पड्कायो । पुलिसले अन्धाधुन्द फाइरिङ्ग गर्यो । ८ मजदुर मारिए, ६० मजदुर घाइते भए, कैयन पक्राउ परे भने ४ जनालाई फाँसी चढाइयो ।

सन् १८९१ मा दोस्रो अन्तराष्ट्रियको अधिवेशनले हे मार्केटमा भएको मजदुरमाथिको दमनको विरुद्ध र मजदुरहरुको हकहितको आवाज बोल्दैं मे दिवस मनाउने निर्णय गर्यो । त्यसपछि यो दिवस अन्तराष्ट्रियकरण भयो अनि संसार भर मे दिवस मनाउन थालियो । कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले कम्युनिष्ट पार्टीको घोषणा पत्र मजदुर आन्दोलनको पृष्ठभुमिमा तयार पारेका थिए । घोषणा पत्रमा भनिएको छ, संसारका मजदुर एक होऔं ।

कम्युनिष्ट आन्दोलनको आधारभुत वर्ग मजदुर वर्ग हो । यसै वर्गलाई गोलवन्द गरी राज्यसत्ता कब्जा गरेर समाजवादी शासन व्यवस्थामार्फत साम्यवादको दिशातिर लम्क्mिनु कम्युनिष्ट पार्टीको रणनीति हो । त्यसैले मजदुर वर्गले मनाउने पर्व मे दिवससँग कम्युनिष्ट आन्दोलनको नङ्गमासुको सम्बन्ध रहेको छ ।नेपालको कम्युनिष्ट आन्दोलनको प्रारम्भदेखि नै मजदुर आन्दोलन जोडिएको पाईन्छ । वि.सं. २००६ सालमा स्थापित कम्युनिष्ट पार्टीले सुरुदेखि नै कृषि मजदुरलाई गोलबन्द गरी आन्दोलनलाई अगाडि बढाएको थियो । त्यसबेला नेपालमा औद्योगिक मजदुर कम संख्यामा थिए । त्यसैले गाउँमा रहेका कृषि मजदुरलाई वर्ग सचेत बनाउँदै ग्रामिण वर्ग संघर्षको उठान गरिएको पाईन्छ ।

नेपाली समाजको वर्ग चरित्रको बदलावसँगै औद्योगिक मजदुर पनि कम्युनिष्ट आन्दोलनमा देखा पर्न थाले । गणतान्त्रिक आन्दोलनको दर्बियानमा औद्योगिक मजदुरको उल्लेख्य सहभागिता देखिन्छ । सडकमा छरिएका चप्पलहरुले यो कुराको पुष्टि गर्छ । त्यसैले मे दिवसले दिशानिर्देश गरेका मजदुर अधिकारहरु कम्युनिष्ट आन्दोलनका आधारभुत एजेण्डाहरु रहदै आउनु स्वभाविक छ ।

नेपाली मजदुर वर्गको मुक्ति फेरी पनि नेपाली कम्युनिष्ट आन्दोलनबाट नै सम्भव छ । यसो भन्दै गर्दा कम्युनिष्ट पार्टीको सरकारमा मजदुर वर्ग चुप लागेर बस्दा पनि हुन्छ र ? त्यो त विल्कुलै होइन । समस्याको समाधान नभएसम्म निरन्तर मजदुर हस्तक्षेप जरुरी छ । आजको सन्दर्भमा तत्कालिन अवस्थामा मजदुरहरुलाई सव्सीटि प्रदान गरिनु पर्छ । उनीहरुको बच्चाको पठनपाठनमा सुविधा दिइनु पर्छ । उनीहरुका स्वास्थ्य उपचारमा , यातायातमा पनि सुविधा दिइनु पर्छ भने जीवनयापन सहज बनाउन राज्यले विशेषाधिकार प्रदान गरियो भने मजदुर वर्गको सम्वोधन हुन सक्छ ।

मजदुर वर्गलाई दुई भागमा विभाजन गरेर हेर्दा वौद्धिक मजदुर र शारिरीक श्रमिक मान्न सकिन्छ । यी दुवै मजदुरका समस्या एकै हुन सक्दैन । त्यसेलै फरक फरक प्रकारका मजदुर वर्गका समस्याहरु फरक फरक ढंगले सम्बोधन गरिनु पर्दछ । मजदुर वर्गको समस्या ज्युँकात्युँ राखेर मे दिवस मनाउँनुको के अर्थ छ र ? त्यसैले संसारका मजदुरहरु एक होऔं भनेर मजदुर दिवस वा मे दिवस मनाउदै गर्दा उनीहरुका समस्याप्रति गम्भिर हुँदै समस्या समाधानतर्फ अग्रसर हुनु आजको कार्यभार हो । यो कार्यभार सबै कम्युनिष्टहरुले पुरा गर्नु पर्दछ ।

(लेखक महतो नेकपा प्रदेश नं.–२ को प्रदेश कमिटी सदस्य हुन् ।)

Share this:

  • Twitter
  • Facebook
Tags: विचार
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-२

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

२१ बैशाख २०७७, आईतवार ०७:२८
File Photo
ब्रेकिङ्ग न्युज-३

दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !

२१ बैशाख २०७७, आईतवार ०७:२८
ब्रेकिङ्ग न्युज-१

ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय

२१ बैशाख २०७७, आईतवार ०७:२८
ब्रेकिङ्ग न्युज-१

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

२१ बैशाख २०७७, आईतवार ०७:२८
ब्रेकिङ्ग न्युज-१

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

२१ बैशाख २०७७, आईतवार ०७:२८
ब्रेकिङ्ग न्युज-१

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

२१ बैशाख २०७७, आईतवार ०७:२८
Load More

Discussion about this post


भर्खरै

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

२१ बैशाख २०७७, आईतवार ०७:२८
File Photo

दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !

२१ बैशाख २०७७, आईतवार ०७:२८

ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय

२१ बैशाख २०७७, आईतवार ०७:२८

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

२१ बैशाख २०७७, आईतवार ०७:२८

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

२१ बैशाख २०७७, आईतवार ०७:२८

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    162 shares
    Share 65 Tweet 41
  • टिपरले किचेर हत्या गरिएका दिलिपको स्मृति दिवस आज मनाईदैं

    130 shares
    Share 52 Tweet 33
  • दिलिपको सम्झनामा प्रभात फेरी, पर्यावरण सहिद घोषणा गर्न माग

    97 shares
    Share 39 Tweet 24
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    96 shares
    Share 38 Tweet 24
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    94 shares
    Share 38 Tweet 24

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • जनकपुर–जयनगर रेल सञ्चालन हुँदै
  • दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !
  • ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय
  • प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
  • ‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल