युवराज पतनको कारण धोनी र कोहली

एजेन्सी : पूर्व भारतीय क्रिकेटर युवराज सिंह राष्ट्रिय टिमबाट बाहिरिनुको मुख्य कारण पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई लाग्दै आएको छ । तर, पछिल्लो सयम उनका पिता योगराज सिंहले कप्तान विराट कोहलीलाई आरोप लागाएका छन् ।

योगराजले धोनी र कोहलीले युवराजलाई समर्थन नगरेको र पछाडिबाट लडाउन खोजेको भन्दै आरोप लगाएका छन् । यसअघि युवराजले पनि धोनी र कोहलीले आफूलाई अन्य खेलाडीले जस्तै समर्थन नगरेको बताएका थिए ।

छनोटकर्तासँगै धोनी र कोहलीले युवराजका लागि विश्वासघात गरेको योगराजले आरोपसमेत लगाएका छन् । तत्कालीन छनोटकर्ता शरणदीप सिंहले कैयौं बैठकमा युवराजलाई टोलीबाट निकाल्ने बताएको उनले बताए । क्रिकेटको बारेमा केही नबुझेकाहरू छनोटकर्ता बन्नाले युवराजको क्रिकेट करियर पतन भएको योगराजले आरोप लागाएका छन् ।

युवराजलाई सौरव गांगुलीको कप्तानीमा टोलीमा समर्थन मिलेको थियो । तर, धोनी र कोहलीकोतर्फबाट टोलीमा फर्काउन कुनै प्रयास नभएको उनले बताए । उनले टोलीका प्रशिक्षक रवि शास्त्रीसँगको भेटमा टोलीका दिग्गज खेलाडीलाई सम्मान जनक बिदाइ गर्नु पर्ने बताएको जानकारी दिए ।