✍️ राजु कुमार महतो
संघीय ढाचामा गए लगतै हाम्रो देश नेपालको प्रायजसो ग्रामिण क्षेत्रको सबै स्थानिय तहमा एक किसिमको होडबाजी देखियो । चारैतिर बिकाशले फड्को मारेको जस्तो अनुभूति गराउन हरेक मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्षहरुले सहमतिमै पालिका भरीको रोड ढलान गर्ने देखि नाला बनाउने कामलाई प्राथमिक्तामा राखेको देखियो । यसो गर्दै जादा आज गाउँ(गाउँ तथा टोल(टोलमा पक्की ढलानहरु देखिएको छ । अझ पालिकाको बजेट खर्चिने माध्यमको पिलर भने उपभोक्ता समितीलाई बनाई टन्न कमिशन राख्ने प्रपञ्चपनि चारैतिर देखियो ।
के यहि हो त दिगो बिकासको सुचाञ्क?
के बिना कुनै दक्षता नै उपभोक्ता समितिको बिकास कार्यमा दखलअन्दाजी ठिक हो त?
यदि यी दुबै प्रश्नको उत्तर मलाई दिनु परेमा मेरो उत्तर यस प्रकारको हुनेछ । गाउँ(गाउँ तथा टोल(टोलमा ढलान गर्दै जादा परिवहनको क्षेत्रमा त पक्कै विकास हुन्छ तर परिवहन क्षेत्रको मात्रै बिकास गरेर आम(जनसमुदायको बिकास पक्कै पनि हुन कठिन हुन्छ । यस्तो किसिमको बिकासले एक ठाउँ बाट अर्को ठाउँ सम्म पुग्नलाई रोक्ने पर्खाल त पक्कै भत्काउला तर यस्ले मानवजातिलाई चाहिने ज्ञानको प्रकाश छेक्ने पर्खाललाई पक्कै पनि भत्काउन सक्दैन होला । बिना कुनै दक्षता गरिने यस्ता बिकासका काम भने बिना कुनै जानकारी पोखरिमा माछा मार्नु सरह नै हुन्छ भन्ने मलाइ लाग्छ । जस्को नमुना अहिले गाउँ(गाउँ तथा टोल(टोलमा देख्न सकिन्छ । तर अहिलेसम्म शिक्षा, स्वास्थ्य, कृषि, समाजिक कुप्रथा न्युनिकरण गर्ने विषयहरु कुनै पनि पालिकाको प्राथमिक्तामा परेको देखिदैन ।
कोरोनाको संक्रमण भन्दा पहिले सबैको प्राथमिक्तामा हुनुपर्ने शिक्षा, स्वास्थ्य, कृषि लगायतको हो । तर त्यो नभई पक्की रोड ढलान रहेको देखिएको थियो । मेरो बुझाईमा कोरोना एउटा संक्रमण मात्रै नभई हाम्रो समाजको लागि एउटा ऐनाको पनि काम गरेको छ । कोरोनाको यस संक्रमण कालमा सबै बिद्यालय र कलेजहरु बन्द छ । जस्ले गर्दा बिद्यार्थी लगायत सम्पुर्ण समाजकै भविष्य अन्धकार तिर धकेलिएको अभाष हुँदै छ ।
अहिलेको समयमा चारैतिर रोड त पक्की नै देखिन्छ तर त्यसै बाटोमा हिड्नलाई पनि प्रतिबन्ध लागेको प्रष्ट नै छ । सम्पुर्ण पालिकाहरुले प्राथमिक्तामा राखेर बनाएको पक्की सडकहरुलाई मानवबिहिन बनाउन आज त्यही पलिकालाई बल प्रयोग गरेको पनि देख्दै छु । पक्की बाटो निर्माणले मात्रै सम्पुर्ण क्षेत्रको बिकास हुने भए आज त्यो बाटोमा मान्छे माथी बल प्रयोग गर्नुपर्ने थिएन । तर यदि शिक्षामा सुरुदेखिनै ध्यान पुर्याएको भए आज धेरै जसो मानव आफै सतर्क भई आ(आफ्नो घरमा बसेका हुन्थेहोला ।
शिक्षित राष्ट्रहरु जँहा कोरोनाले आफ्नो जडो गारिसकेको छ त्यँहा पनी हामी जतिको बल प्रयोग गरिएको देखिएन । शिक्षाको पहुच भएको क्षेत्रमा मानिसहरु आफै सतर्क भई कोरोनाको सामना गरिरहेको सहजै देखिन्छ । आजको दिनमा विश्वकै अर्थतन्त्र खस्किरहेको बेला, सबैलाई स्वास्थ्य क्षेत्रमा लागानी बढाउनु पर्ने अभाष हुँदै छ । तर हाम्रो देशमा स्वास्थ्य मात्रै नभई शिक्षा क्षेत्रमा पनि त्यतिकै लगानी र मेहिनतको कमि भएको प्रष्ट नै देखिन्छ ।
यदि आज भन्दा पहिला नै हाम्रो देशमा स्वास्थ्य एवम शिक्षा क्षेत्रमा प्रशस्त लगानी गरिएको भए सायद एतिको पुर्व तयारिको समय भएपनि हामी यस्तो स्थितिमा हुन्नथ्यौ होला ।
अहिले ग्रामिण क्षेत्रमा रोड ढलान नभएको भएपनी हुनेथियो तर सम्पुर्णलाई शिक्षाको पहुचमा ल्याईएको भए आज जस्तो बल प्रयोग गरि घरमा कोच्नु पर्ने स्थितिको शृज्ना हुने थिएन।आज रोड बनेकोरनबनेको कुरा बहसमा छैन तर हस्पिटल भएकोरन भएको, एम्बुलेन्सको कमि जस्ता कुराहरु बहसका बिषयहरु छन् । आज आएर कसैलाई पनि कुनै रोडको चिन्ता छैन । शिक्षामा अधारित आफ्नो बच्चाको भविष्यको चिन्ता सबैलाई छ । आज भन्दा पहिले शिक्षा क्षेत्रलाई पनि प्राथामिक्तामै राखिएको भए यस्तो विषम परिस्थितिमा बिधुतिय माध्यमहरु बाट शिक्षाको प्रवाह अवश्यनै हुन्थ्यो होला ।
दुई महिना देखिको यो लकडाउन जस्तो विषम परिस्थितिमा रोड नबनेपनी खासै फरक परेको देखिएन तर दुई महिना देखिको बिद्यालय र कलेज बन्द हुदा धेरैजसोलाई आफ्नो भविष्य अन्धकार तिर लम्किदै गरेको जस्तो लाग्दै छ ।
त्यसैले सम्पुर्ण पालिकाको प्रमुखहरु संग मेरो आग्रह छ कि कोरोना संक्रमण निर्मुल भए पश्चात शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई आज राखिएको रोड जतिकै प्राथमिक्तामा राखी गुणस्तरिय सेवा प्रवाह गर्नुहोला । अबको समय हाम्रो देशमा शिक्षा एवम स्वास्थ्य क्रान्तिको समय हुने छ भन्ने आश गर्दछु । भविष्यमा यस्तो संकट आउने र नआउने निश्चित छैन तर यस्ता संकटसंग लड्ने शिक्षित समाज र सुबिधापुर्ण अस्पतालहरुको खाचो रहिरह्ने स्थिती हुनेछ यदि अबदेखी क्रान्तिको सुरुवात भएन भने । तसर्थ अबदेखी शिक्षा र स्वास्थ्य क्षेत्रलाई अव्वल बनाउनु पर्ने कुनै बिकल्प नरहेको कुरा हामिले कोरोनाको प्रकोपबाट सिक्नै पर्दछ ।
यदि आजपनी यो पाठ सिकिएन भने आउदो समयमा यस्तो प्रकोपबाट वचन र बचाउन हामिलाई धौधौ पर्ने नै छ । अब हामी सम्पुर्णलाई शिक्षा लगायत स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रलाई पनि प्राथमिक्तामा राखी देशको समृद्धिको पथ तयार गर्नुपर्ने जिम्मेवारीबाट पन्छिनु हुदैन ।
(लेखक महतो महोत्तरी युवा सञ्जालका सचिव हुन् । उनी सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थी पनि हुन्।)
Discussion about this post