महोत्तरी : राहत बाँडेर १० बर्षीय बालकले मनाए जन्मदिन !

  • धनवीर महतो

गौशाला, जेठ ७ गते । महोत्तरीको गौशाला नगरपालिका १२ का मिसेल सिंहले आफनो जन्मदिनको अवसरमा मुसहर समुदायलाई राहत वितरण गरेका छन् ।

बुधवार आफनो १० औ जन्मउत्सव मनाउने क्रममा गौशाला नगरपालिका १२ का ललित सिंहका छोरा मिसेल सिंहले राहत वितरण गरेका हुन् । लकडाउनको समयमा स्थानिय मुसहरहरु खाना पकाउन समस्या भएको भन्दै स्थानिय २९ घरपरिवारलाई जनही १२ केजी चावल, १ केजी दाल, चम्चा, २ थान सावुन वितरण गरिएका हुन् ।

लकडाउनको समयमा सुकुम्बासीको रुपमा बस्दै आएका मुसहरहरुलाई खानका लागि समस्या भएपछि स्थानय रमेश आयल स्टोर्सका संचालक ललितले आफना छोरा मिसेलको जन्मदिनको अवसरमा राहत वितरण गरिएको वडा नं. १२ का वडाअध्यक्ष कृष्ण वहादुर विकले बताए ।