पर्सामा थप दुई जनामा कोरोना संक्रमण

file photo

वीरगञ्ज, जेठ १७ गते । पर्सामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

शनिबार नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु सखुवाप्रसौनीमा रहेको आई दीपनारायण माविको क्वारेन्टाइनमा रहेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा रहेका छन्।

उनीहरु गत जेठ १३ गते भारतबाट नेपाल आएको खुलेको छ।