विश्व वातावरण दिवसको अवसरमा महोत्तरीमा वृक्षारोपन (फोटोफिचर)

बर्दिबास, जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा प्रदेश २ का जिल्लाहरुमा वृक्षा रोपन गर्न सुरु गरिएको छ ।

‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मुल नाराका साथ प्रदेश वन विकास तथा व्यवस्थान कार्यक्रम अन्तर्गत बर्दिबाससिथत नेवारडाँडा—कामीडाँडा सामुदायिक वनको खाली ठाउँबाट वृक्षा रोपन सुरु गरेको हो ।

वातावरण दिवसको अवसरमा प्रदेश सभा सदस्य सारदा देवी थापा सहितका स्थानीयले नेवारडाँडा—कामीडाँडाको भिरपाखामा पहिरो रोकथामका लागि चार सय बासका विरुवा रोपन गर्न सुरु गरेका छन् ।

चुरे जोगाउँ, मधेश बचाउँ भन्ने नाराका साथ डिभिजन वन कार्यालय महोत्तरी एक सात अघिदेखिनै वृक्षा रोपन काम थालिसकेको छ । यस बर्ष डिभिवन वन कार्यालयले साँढे ८ लाख विरुवा रोपन लागेको छ ।

खहरेखोल्सीमा पहिरो जाननदिन भित्ता—भित्तामा बासका विरुद्धा रोपिदैं छ । डिभिवन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहका अनुसार,समपरेको ठाउँमा साल, सिसो, कर्मा,टिक, सतिशात लगायतका प्रजातिका लगाइदैं छ ।

वृक्षा रोपनमा गाउँले, स्थानीय सरकार र राजनीतिक दलको साथले वन कार्यालयका कर्मचारीहरु उत्साहित भएका छन् ।

कुल २३ हजार ४ सय ५५ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा लकडाउन अवधिमा मौका छोपी अवैध रुपमा चोरी, तस्करी तथा शिकारको क्रम बढ्दै गएपछि डिभिजन वन कार्यालय महोत्तरीले विशेष गस्ती टोलि परिचालित छन् ।