Monday, January 18, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

वनरझुल्ला माविमा ‘चिल्ड्रेन पार्क’ बनाउँदै जनसहयोगी युवा सञ्जाल (फोटोफिचर)

mm by विजय कुमार सिंह
३ असार २०७७, बुधबार १९:४९
123
SHARES
251
VIEWS
Share on FacebookShare on Twitter
  • विजय कुमार सिंह


बर्दिवास, असार ३ गते । महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा बाल उद्यान(चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ ।

The Public Today

छोटो समयमै निकै चर्चामा रहेका बर्दिवासका जनसहयोगी युवा सञ्जालले पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाको परिसरमा बाल उद्यान निमार्ण गर्न लागेको हो ।

युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो र पत्रकार अमृत कुमार महतोको प्रयासमा जनसहयोगी युवा सञ्जालले विद्यालय परिसरमा बाल उद्यान निमार्ण गर्न लागेको हो ।

बुधवार प्रदेशसभा सदस्य शारदादेवि थापा र बर्दिवास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले संयुक्त रुपमा सो बाल उद्यानको शिलान्यास गरेका हुन् ।

बाल उद्यानको निर्माण कार्य तीन चरणमा पूरा गर्ने योजना रहेको जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले जानकारी दिए । उनले पहिलो चरणको परियोजना ५० लाखको लागतमा निर्माण हुने जनाए ।

यो ठुलो परियोजना भएकोले सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ । सबैको साथ र सहयोगले पहिलो चरणको निर्माण कार्य अबको २० दिनभित्र सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष महतोले सुनाए ।

विद्यालय निर्माण तपाई हाम्रो अभियान भन्दै विद्यालयको स्तरीय विकासका निम्ति जनसहयोगी युवा सञ्जालका युवाहरु जुटेका छन् ।

युवाहरुको यो अभियानमा सहयोगी हातहरु पनि अघि बढेका छन् । बाल उद्यान परियोजनाको शिलान्यास भएकै दिन करिब चारलाख आर्थिक सहयोग रकम संकलन भएको सञ्जालका अध्यक्ष परमेश्वर महतोले जानकारी दिए ।

बर्दिवास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले युवाहरुले थालेको अभियान निकै प्रशंसनिय रहेको बताए । यो अभियानमा आफ्नो व्यक्तिगत र नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग रह्ने प्रतिबद्धता जाहेर गरेका छन् । विज्ञान र प्रविधिसँग विद्यार्थीलाई परिचित गराउन कम्प्युटर ल्याबसहितको शिक्षा प्रदान गर्न आवश्यक रहेको औल्याउँदै विद्यालयको भौतिक संरचनामा पनि नगरपालिकाको साथ सहयोग रहने मेयर कार्कीले जनाए ।

प्रदेशसभा सदस्य शारदादेवि थापाले विद्यालय निर्माणमा युवा अघि बढेकोमा खुशी व्यक्त गरेका छन् । उनले युवाहरुको बाल उघान गर्ने योजना अधुरो नरहने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतोको अध्यक्षतामा भएको परियोजनाको शिलान्यास कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका स्वकीय सचिव शंकर महतो, बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष टेकविर रखाल मगर, युवा पत्रकार तथा सामाजिक अभियन्ता राजकरण महतो, विनायक होटलका सञ्चालक विष्णु खडका, यमाहा शोरुम बर्दिवासका सञ्चालक हेम थापा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, जनसहयोगी युवा सञ्जालका युवाहरु, स्थानीयलगायतको उपस्थिती रहेको थियो ।

Share this:

  • Twitter
  • Facebook
mm

विजय कुमार सिंह

पत्रकार सिंह द पब्लिक टुडेका लागि धनुषास्थित सम्वाददाता हुनुहुन्छ । उहाँलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ ।

Related Posts

File photo
ब्रेकिङ्ग न्युज-१

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल

३ असार २०७७, बुधबार १९:४९
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

३ असार २०७७, बुधबार १९:४९
मुख्य

सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै

३ असार २०७७, बुधबार १९:४९
File Photo
ब्रेकिङ्ग न्युज-३

गोली हानी दुई महिला न्यायाधीशको हत्या

३ असार २०७७, बुधबार १९:४९
ब्रेकिङ्ग न्युज-१

प्रचण्डको उद्घोष: मर्न तयार छौं

३ असार २०७७, बुधबार १९:४९
मुख्य

आगो निभाउन आगोकै घेरा

३ असार २०७७, बुधबार १९:४९
Load More

Discussion about this post


भर्खरै

File photo

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल

३ असार २०७७, बुधबार १९:४९

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

३ असार २०७७, बुधबार १९:४९

सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै

३ असार २०७७, बुधबार १९:४९
File Photo

गोली हानी दुई महिला न्यायाधीशको हत्या

३ असार २०७७, बुधबार १९:४९

प्रचण्डको उद्घोष: मर्न तयार छौं

३ असार २०७७, बुधबार १९:४९

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    179 shares
    Share 72 Tweet 45
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    105 shares
    Share 42 Tweet 26
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    99 shares
    Share 40 Tweet 25
  • चर्चित गायक रुद्रसेनको ‘प्रितके बन्धन’ एलबम आउँदै

    93 shares
    Share 37 Tweet 23
  • अझै रोकिएन चन्द्रकलाको आँसु !

    81 shares
    Share 32 Tweet 20

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी
  • सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै
  • गोली हानी दुई महिला न्यायाधीशको हत्या
  • प्रचण्डको उद्घोष: मर्न तयार छौं

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल