Sunday, January 17, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

मनकारी बिष्णु !

mm by द पब्लिक टुडे
५ असार २०७७, शुक्रबार ०९:३०
3.4k
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter
  • राजकरण महतो


धन भएर के हुन्छ, मन हुनु पर्दो रहेछ । यस्तै मनकारी हाम्रो समाजमा कमै भेटिन्छन् । यस्तै कम भेटिनेमा महोत्तरीको बर्दिबासका ४७ बर्षीय युवा उद्यमी बिष्णु खड्का पर्छन् । उनी अहिले कोरोनाको कहरमा रहेकाको सेवामा व्यस्त छन् ।
क्वारेन्टाइनमा बसेकालाई महिनादिनदेखि खाना, खाजा खुवाउँदै आएका छन् ।

The Public Today

बासमती चामलको भात र राहरको दालसहितको पोष्टिक खाना पस्किदै कोरोनाको कहरमा परेकाहरुको मन जितिरहेका छन् । भोकाएका पेटहरुलाई खाना खुवाउन पाउँदा आनन्द र सन्तुष्टि मिलेको खड्का बताउँछन् । ‘जीवनमा यति दुःख गरेको छु कि दुःखलाई मैले नजिकबाट चिन्दछु,’ क्वारेन्टाइनमा खाना खुवाउँदै भेटेका उनले भने,‘खाना र खाजाको महत्व भोका पेटलाई कति हुन्छ त्यो पनि मैले भोगेको छु ।’

हिन्दु वैदिक परम्परामा ‘विष्णु’लाई पालनकर्ता देवको रुपमा मानिन्छ । धार्मिक मान्यतामा बिष्णु पालनकर्ता भएझैं बर्दिबासका उद्यमी बिष्णु पनि दिनदुःखीको सहयोगमा हर्दम तत्पर भेटिन्छन् । बर्दिबासमा विनायक होटल संचालन गर्दै आएका उनी आफैं कोरोनाको कहरबाट समस्यामा छन् । अढाई महिनादेखि होटल ठप्प छ । व्यवसाय चौपट भएपनि उनमा सहयोगी भावना भने जीवतै छ । यहाँको प्रतिष्ठित उद्यमीमा गनिने उनले क्वारेन्टाइनमा खाना खुवाउन एक महिनामा सात लाख खर्चेका छन् ।

पीडा हेर्न सकेनन्
जब दुःख, विपद आई पर्दछ मानिसले आफ्नै माटो, आफ्नै देश र आफ्न्तको साथ सम्झिन्छन् । त्यही माया र आत्मीययताले उसलाई जुनसुकै चुनौती सामना गर्न बाध्य बनाउँछ । जब कोरोनाको कहरबाट विश्व चकमन्न हुन थाल्यो, भोको हुन थाल्यो अनि दिन पहाड झैं लाग्न थाल्यो । अनि त्यहाँ रहेका नेपाली आफ्नै देश फर्किआए । आफ्नै देश छिर्न कोही लुकेर सीमा कटे भने कोही बाटोबाटै आए ।
उनीहरुलाई लगेर सिधा क्वारेन्टाइनमा राखियो । त्यहाँ खानबस्न समस्या देखियो । आफ्नै देशमा सहारा खोज्न आउँदा छिःछि दुर्दुरको अवस्था खेपे । पिउने पानी पनि नपाएर प्याकप्याक भएकाहरुको व्यथा समाचारबाट थाहा पाएर खड्काले क्वारेन्टाइनमा खानाखाजाको प्रबन्ध मिलाए । अहिले दिनको ३० जनालाई उनले खानाखाजा खुवाउँछन् । आफ्नो होटल व्यवसाय बन्द भएपनि उनी पीडामा रहेकाहरुको सेवा गर्न पछि हटेका छैनन् ।

अर्काको खुशीमा रमाउने
परिस्थितिको मर्म, भाव र परिवेशलाई बुझी सेवामा समर्पित रहने सहृदयी पनि यहि छन् । यो उदारता देख्दा जो कोहिलाई लाग्न सक्छ भगवना पनि विभिन्न रुप र अवतारमा यहि छन् । स्वर्ग जाने बाटो पनि यहि छ । सबै भन्दा ठूलो धर्म मानव धर्म हो । त्यो पनि यहि छ । मानव भएर जन्मेपछि पुरा गर्नु पर्ने त्यही धर्म बिष्णु अहिले पुरा गर्दैछन् ।
‘अभावमा रहेकाहरुको सेवा गर्दा उहाँहरुको अनुहारमा देखिने खुशी नै मेरो खुशी हो,’उनले भने,‘मैले कमाएको धन मेरो मात्रै होइन् । अभावमा रहेकाहरुको पनि हो ।’

समाजिक क्षेत्रमा सक्रिय
उनी समाजिक गतिविधिमा पनि सक्रिय सक्रिय छन् । बर्दिबासमा निर्माणाधिन कवर्ड हलको संयोजक छन् । कवर्ड हलको निर्माण जारी छ । खड्का होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का सदस्य छन् । उनीसंग सहयोग माग्न जानेहरु रित्तोहात पर्किदैनन्, उनले सकेको नगद र जिन्सी दिएरै पठाउँछन् ।समाजिक तहबाट संचालन हुने हरेक विकास निर्माणका योजनामा उनको आर्थिक, भौतिक, नैतिक सहयोग हुने गरेको छ ।

व्यवसायिक यात्रामा पाइला
अभाव र गरिवी बीच परालको व्यवसायबाट खड्काले २०४८ सालमा व्यवसायीक यात्रा सुरु गरेका थिए । गाउँ—गाउँ डुलेर परालको कुन्यौ किन्दै उनी बिक्री गर्थे । यसरी उनको पढाईसंगै २०४८ सालबाट व्यवसायमा लागे ।
पहिले निशुःल्क पढ्न कहाँ पाइन्थ्यो र ! गाउँमा विद्यालय थिएन । धनाढ््य परिवारको पहुँचमा मात्र शिक्षा हुन्थ्यो । धनीका छोराछोरीले पढेको देखेर गरिवका बच्चाले चित्त बुझाउनु पर्थियो । दुःख गरेर गरिवले आफ्ना छोराछोरीलाई दुःखजीलो पढाउँथें । गरिव परिवारमा जन्मेका खड्कालाई पढ्न सजिलो थिएन ।
उनको जन्म घर सर्लाही हरिऔन बजार नजिकै पर्छ । उनी स्कूल पढ्न घरबाट तीन घण्टा हिडेर स्कूल जान्थें । दार्जिलिङ्गका शिक्षक प्रेमदयाल प्रधानले गरिवाका बच्चालाई निःशुल्क पढाउन सर्लाहीको जुटपानीमा पाठशाला खोलेका थिए, नवजीवन विद्याश्रम माध्यमिक विद्यालयको नामले । उनी त्यहीबाट २०४६ सालमा एसएलसी उत्तिर्ण गरे ।

बिहान पढाई , दिउँसो व्यवसाय
२०४८ सालमा उनी गाउँमा खुलेको चतुरभुजेश्वर माध्यमिक विद्यालयमा व्यवस्थापन संकायबाट ‘प्लस टु’को पढाई पुरा गरे । उनका साथी थिए, अर्जुन रायमाझी । दुवै जना एक अर्कासंग खुब मिलथें । अर्जुन र बिष्णुले मिलेर चार—चार हजार ऋण गरेर ८ हजार रुपैंया जम्मा गरे । बिहान क्याम्प पढ्ने अनि दिउँसो साईकल चढेर टनटलापुर घाममा गाउँ चहार्दै पराको कुन्यौ खोजेर खरिद गथें ।

नेपालमै सबै भन्दा बढी उखु सर्लाहीमा हुन्छ । खेतमा उखु खेती लगाउने र घरमा पालिएका वस्तुभाउलाई खान घासपराल खेतमा नहुने किसानलाई समस्या रहन्थ्यो । २० बर्षका यि दुई टिठोलो किसानको घरघरमा पराल पु¥याइदिन्थ्यो । परालको व्यपारबाट आएको आम्दानीले पढाई खर्च र घर खर्च जुटाउँथें उनीहरुले ।

त्यो सपना अधुरै रह्यो
कक्षा ११ मा बिष्णुले राम्रो अंक ल्याउँदा क्याम्पसले उनलाई कक्षा १२ पढ्न छात्रवृत्ति दिदाँ उनी कम्ता खुशी भएन । छात्रवृत्तिमा उनले ‘प्लस टु’को पढाई सके । उनलाई उच्च शिक्षा पढ्ने मन थियो । तर, पढ्न बिरगंज कि त जनकपुरधाम जानु पर्थियो ।
वुवाआमाको साथमा पढाउन चाहिने रुपैंया भएन, उनले पढ्न पाएन । उच्च शिक्षा हाँसिल गर्ने उनको त्यो सपना अधुरै रह्यो । पराल किनेर टायर गाडामा गाउँ—गाउँ पु¥याउँदा समस्या पर्दा हार्नुहुदैंन भन्ने त्यसले पारेको थियो ।

काँटी—कब्जामा उदाएका बिष्णु
उच्च शिक्षाको बाटो बन्द भएपछी उनीहरुले परालको व्यवसाय छाँडेर । दाउराको व्यपार तिर लागे । गाउँमा इन्दुशंकर चिनी उद्योग थियो । उद्योगलाई दाउरो चाहिन्थ्यो । परालबाट भएको कमाई दाउरा व्यपारमा लगाए । गाउँ—गाउँमा रुख किन्ने अनि उद्योगलाई दाउरो दिने ।

बिष्णु र अर्जुनले यो व्यपार दुई बर्ष चलाए । त्यपछि उनीहरु हाडवेयर तिर मोडिए । सर्लाहीकै हरिऔनमै प्रभात हाडवेयर खोले । ‘२०५० साल तिर हामीले काँटी, कब्जाबाट हाडवेयर व्यवसायको यात्रा सुरु ग¥यौं,’बिष्णु भन्छन्,‘सानो पुँजी थियो, कसैले पत्याउँदैन थियो, उधारो दिदैंन थियो ।’

पसलमा समानको अभाव हुन्थ्यो, साहुले उधारो पत्याउन मुश्किल थियो । त्यति खेर बैंकमा समान धितो राख्ने चलन थियो । ‘पसलमा भएको समान बैंकमा धितो राखथें अनि बैंकले दिने पैसाले समान किनेर ल्याउँथे,’उनले भने,‘बिस्तारै ग्राहकको विश्वास जित्दैं गए, साहुँले पत्याउन थाले, बैंकले व्यपार गर्न ऋण दिन थाले ।’

इटा उद्योगले डुबायो
हरिऔनमा हाडवेयर व्यवसाय जमेपछि उनीहरु लालबन्दीमा फेरी अर्को हाडवेयर खोले । हाडवेयर संगै इटा उद्योग खोल्ने योजनामा उनीहरु पुगे । सिमेन्ट, रड आफ्नै पसलमा हुने र इटा उद्योग पनि संगै भएपछि झन् व्यवसाय जम्ने भन्दै अर्जुन, बिष्णुले अर्का साथी रामभक्त प्रधान मिले प्रभात इटा उद्योग खोले ।
इटा उद्योग जे सोंचेर उनीहरुले खोले त्यसको ठीक उल्टो भयो । बर्षाले इटा भिजेर एक बर्षमा ३० लाख घटामा पुगे । सपना डुब्य डुब्यो त्यो संगसंगै लगानी बर्षाको पानीमै डुब्यो ।

‘हाडवेयरको सबै पूँजी इटा उद्योगमा लगाएका थियौं, हाडवेयरमा साँहुकै पूँजी थियो, ग्राहकमा हाडवेयरको उद्यारो त्यतिकै थियो,’उनले भने,‘हामी नउठने गरि इटा उद्योगले थला प¥यौं ।’

अनि टाँट पल्टियो
साँहुले पत्याउन छाँडे, पसलको समान उद्यारो दिन बन्द गरे । उनीहरुको हाडवेयर व्यवसायको पनि टाँटपल्टियो । रामभक्तलाई उद्योग जिम्मा लगाउँदैं अर्जुन र बिष्णुले इटा उद्योगबाट हात झिकें ।
‘म कोठा बन्द गरेर रातभरी रोएँ । अब कहाँ जाने ? के गर्ने ? पढ्न पनि पाएनौं, व्यवसाय पनि डुब्यो,’विष्णु विगत सम्झिदैं भावुक बने । उनको आँखा रसायो ।
उनको लगानी डुबेको थियो, तर उनले कमाएको विश्वास गाउँमा जीउँदै थियो । फेरि चर्को ब्याजमा ऋण खोजे । हाडवेयर व्यसायको खसकेको साख जोगाउँदै हामी व्यवसायीक यात्रामा निस्कियौं,’उनले भने,‘दुइटा ढुङ्गामा खुट्टा हाल्नु हुदैंन नत्र डुबिन्छ भन्ने पाठ इटा उद्योगले सिकायो ।’त्यसपछि उनीहरु कतै दायाँ—बायाँ नगरेर हाडवेयर व्यवसायमै रमाउन थाले ।

विश्वासले फर्कियो व्यसायिक शाख
हाडवेयर व्यवसायबाटै गुमेको उनीहरुले व्यवसायको शाख फर्कियो । साहुले पसलको समान दिन थालें अनि बैंकले ऋण । हरिऔन, लालबन्दी हुदैं २०५५ सालमा रौत्तहटको चपुरमा हाडवेयरकै अर्को नयाँ शाखा खोले ।
त्यसपछि उनीहरुले पुरानो घर भत्काएर नयाँ घर बनाए, विवाह गरे । कमाएको केही रकम समाजका दिनदुःखीलाई सहयोग गर्न थाले । हामीले कमाएको सम्पत्ति हाम्रो मात्रै भाग होइन्, निमुखाहरुको पनि यसमा भाग छ भन्दैं पीडामा परेकालाई बिष्णु र अर्जुनले मलहम पट्टी गर्न थाले ।
सबैको सहयोगले बिष्णुले महोत्तरीको बर्दिबास आएर २०५८ साल कात्र्तिक २३ गते ३ लाखमा चल्दैं गरेको सगरमाथा हाडवेयर किने ।बर्दिबासका स्थानीयसंग घुलमिल हुदैं गयो । व्यपार बढ्दैं गयो, जिम्मेवारी थपिदैं गयो । २०६३ सालपछि अजुर्न र बिष्णुले जो जहाँ छौं त्यहीको व्यवसाय गर्ने सहमतिमा गरेर स्थापित भए ।

खुवाएका छौं, पुण्य कमाएका छौं
बिष्णुले बर्दिबासमा हाडवेयरसंगै २०७३ सलामा सुविधासम्पन्न विनायक होटल खोले । उनले २०७३ बैशाख १७ गते आमा पदम कुमारी खड्कालाई गुमाए, २८ घण्टा लगतै वुवा शमशेर बहादुर पनि स्वर्गिय भए । एक दिनको फरकमा अभिभावक गुमाउँदा उनी शोकमा डुबेका थिए ।
शोकबाट बाहिर आएपछि २०७६ मा उनले बर्दिबासकै शानको रुपमा अर्को विनायक पार्टीप्यालेस खोले । उनी भन्छन्,‘पच्चास जनालाई रोजगारी दिएको छु, भोकाएर आएका पाहुनालाई खानापानी खुवाएका छौं, पुण्य कमाएकाछौं ।’

मरेर लानु केही छैन
पार्टी प्यालेसले गति नलिदैं कोरोनाको कहरले ठप्प छ । लकडाउनमा परेका व्यवसायीलाई सरकारले माया गर्नु पर्ने उनको भनाई छ । ‘वुवाआमाले हामीलाई सक्दो गर्नुभयो, आफैं भोको रहेरपनि हामीलाई हुर्काउनु भयो,’बिष्णुले भने,‘मैले सोंचेको जति पढ्न पाइन् । गरिव बच्चाहरुलाई वुवाआमाको सम्झनामा जीवन भर बिशेष गरेर शिक्षा क्षेत्रमा सहयोग गरिरहन्छु ।मरेर लानु केही छैन, जे सक्छु जीवन भर पीडामा परेकालाई सहयोग गरिरहने मन छ ।’

Share this:

  • Twitter
  • Facebook
Tags: जनचासो
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

File photo
ब्रेकिङ्ग न्युज-१

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल

५ असार २०७७, शुक्रबार ०९:३०
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

५ असार २०७७, शुक्रबार ०९:३०
मुख्य

सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै

५ असार २०७७, शुक्रबार ०९:३०
File Photo
ब्रेकिङ्ग न्युज-३

गोली हानी दुई महिला न्यायाधीशको हत्या

५ असार २०७७, शुक्रबार ०९:३०
ब्रेकिङ्ग न्युज-१

प्रचण्डको उद्घोष: मर्न तयार छौं

५ असार २०७७, शुक्रबार ०९:३०
मुख्य

आगो निभाउन आगोकै घेरा

५ असार २०७७, शुक्रबार ०९:३०
Load More

Discussion about this post


भर्खरै

File photo

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल

५ असार २०७७, शुक्रबार ०९:३०

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

५ असार २०७७, शुक्रबार ०९:३०

सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै

५ असार २०७७, शुक्रबार ०९:३०
File Photo

गोली हानी दुई महिला न्यायाधीशको हत्या

५ असार २०७७, शुक्रबार ०९:३०

प्रचण्डको उद्घोष: मर्न तयार छौं

५ असार २०७७, शुक्रबार ०९:३०

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    179 shares
    Share 72 Tweet 45
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    105 shares
    Share 42 Tweet 26
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    99 shares
    Share 40 Tweet 25
  • चर्चित गायक रुद्रसेनको ‘प्रितके बन्धन’ एलबम आउँदै

    93 shares
    Share 37 Tweet 23
  • अझै रोकिएन चन्द्रकलाको आँसु !

    79 shares
    Share 32 Tweet 20

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी
  • सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै
  • गोली हानी दुई महिला न्यायाधीशको हत्या
  • प्रचण्डको उद्घोष: मर्न तयार छौं

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल