धनुषा र महोत्तरीमा फेरी थपिए ३३ नयाँ कोरोना संक्रमित

जनकपुरधाम, असार १३ गते । प्रदेश २ मा शनिबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महोत्तरीमा ३० जना र धनुषामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा गरिएको कोरोना परीक्षणमा १४१ जनाको स्वाब परीक्षणमध्ये ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा दुईजनामा संक्रमण देखिएको थियो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका विरेन्द्र बजार दुखानीदेवी मावि क्वारेन्टिनमा ३ जनामा, महोत्तरीको सम्सी क्वारेन्टिनमा बस्दै आएका १० जना, औरही स्थित राम विलास मावि क्वारेन्टिनमा बस्दै आएका १/१ वर्षका बालबालिका सहित १० जना र महोत्तरीकै लोहरपट्टीको भायरुखी उच्च मावि क्वारेन्टिनमा बस्दै आएका १० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यसअघि शनिबार नै गत असार ४ गते दिल्लीबाट नेपाल आएर आफैँ होटलमा पेड क्वारेन्टाइनमा बसिरहेका पर्साका दुई जनामा कोरोनाको संक्रमण भेटिएको थियो ।