- बिनोद पौडेल
बर्दिवास, १९ आषाढ : सहकारी ऐन २०७४ को नीति बमोजिम बर्दिवासका चार वटा सहकारी मर्ज भएका छन् ।
बर्दिवास स्थित विनायक वेङ्क्वेट बर्दिवासमा भएको एकिकरण विशेष साधारणसभाले बर्दिवासमा रहेका साथि बचत तथा ऋण सहकारी संस्था, जुन तारा बचत तथा ऋण सहकारी संस्था, नमुना बचत तथा ऋण सहकारी संस्था र शुभ समय बचत तथा ऋण सहकारी संस्थालाई मर्ज गरेर एकिकृत बचत तथा ऋण सहकारी संस्था लि. गठन गरेको हो ।
सहकारी ऐन २०७४ को परिच्छेद १५ अनुसार दुई वा सो भन्दा बढि सहकारी संस्थाहरुलाई एक आपसमा गाभी एकिकरण गर्न सकिने प्रवधान अन्तर्गत सहकारीहरु मर्ज भएका संस्थाका व्यवस्थापक पूर्ण प्रसाद सुवेदीले बताए ।
एकिकरण सभाले नवगठीत “एकिकृत बचत तथा ऋण सहकारी संस्था” संचालनका लागी विष्णु बहादुर खड्काको अध्यक्षतामा १५ सदश्यिय तदर्थ समिती समेत गठन गरेको छ । साथै सभाले गाभिएका चारवटै सहकारीहरुको एकिकृत लेखापरिक्षण समेत सार्बजनिक गरेको छ ।
सहकारी ऐन अनुसार एउटै कार्य क्षेत्र भित्र रहेका एक भन्दा बढि सहकारीहरु, सञ्चालन लागत घटाएर सदश्यहरुलाई बढी लाभ दिन चाहने सहकारीहरु, एउटै विषय संग मेल खाने सहकारी संस्थाहरु र फरक जिल्ला भएर पनि कार्य क्षेत्र जोडिएका सहकारीहरु मर्ज गर्न सकिने व्यवस्था रहेको छ ।